#अल्पसंख्यक जाति# राजनीतिक व्यवस्थामा अल्पसंख्यक जातिको अधिकार तथा फाइदाको सुरक्षा
2021-03-02 15:26:30cri
Share with:

#अल्पसंख्यक जाति# राजनीतिक व्यवस्थामा अल्पसंख्यक जातिको अधिकार तथा फाइदाको सुरक्षा_fororder_1

हरेक मार्च महिनामा चीनमा दुईवटा अधिवेशनहरू हुने गर्छन्।  हरेक वर्ष राष्ट्रिय जन-कांग्रेस र राजनैतिक परामर्शदात्री सम्मेलनको आयोजना चीनको आधारभूत राजनैतिक व्यवस्था हो। चीन राष्ट्रको व्यवस्था जन गणतन्त्र चीन मजदूर वर्गको नेतृत्वमा रहेको, मजदूर र किसानको मित्रवत गठबन्धनका आधारमा रहेको र जनता प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत रहेको समाजवादी मुलुक हो। समाजवादी व्यवस्था जन गणतन्त्र चीनको मूलभूत राजनीतिक व्यवस्था हो। हरेक वर्ष आयोजना हुने जन-कांग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन्। उनीहरुले यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन्। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनैतिक परामर्श सम्बन्धी व्यवस्था चीनको एउटा आधारभूत राजनैतिक व्यवस्था हो।

आज चीनको आधारभूत राजनीतिक व्यवस्थाबारे चर्चा गर्दै चीनको जातीय नीतिबारे जानकारी दिनेछु। चीनले जातीय समान, एकता तथा साझा समृद्धि र जातीय क्षेत्रमा स्वशासन भन्ने जातीय नीति लागू गरेको छ।