एकाएकको चिच्याहटद्बारा मानिसहरु स्तब्ध भएको कथा-2
2021-03-03 14:57:03cri
Share with:

एकाएकको चिच्याहटद्बारा मानिसहरु स्तब्ध भएको कथा-2_fororder_01

त्यति बेला ठोन् यु खुन नामक एकजना प्राज्ञ थिए। वाक शक्तिमा निपूर्ण ठोन् यु खुन कुरा गर्न धेरै सिपालु भएकाले अरु मानिसहरुसित कुरा गर्दा बारम्बार हाँस्य-ब्यंग्य र उपमासहित रहस्यपूर्ण अर्थयुक्त शब्द र वाक्यको प्रयोग गर्नेगर्दथे उनि। सम्राट छि वै वाङले अरुका सामु बुद्धि देखाउनका लागि केही रहस्यपूर्ण अर्थयुक्त शब्द र वाक्यको प्रयोग गर्ने गरेका थिए। यो कुरा थाहा पाएपछि ठोन् यु खुनले मौका छोपेर छि वै वाङलाई सम्झाउने निर्णय गरेका थिए।

एक दिनको कुरो थियो। ठोन् यु खुन र सम्राट छि वै वाङ बीच भेट भयो। ठोन् यु खुनले सम्राटलाई देख्ने बित्तिकै भने“महासम्राट, म एउटा गाउँ खाने कथा भन्छु, हजूर जवाफ दिनुहोस।" छि वै वाङले सोधेः “कस्तो गाउँ खाने कथा हो?”

ठोन् यु खुनले भनेः “एउटा मुलुकमा एउटा ठूलो चरो छ। त्यस चराले सम्राटको दरबारमा बास बस्नलागेको तीन व‌र्ष भयो। तर त्यो चरो उड्न पनि उड्दैन, कराउन पनि कराउँदैन। यो चरा कुनै काम नगरीकन त्यसै डल्लिएर बसिरहेको छ। हजूरको विचारमा यो चराको नाम के हो?”

सम्राट छि वै वाङले यो कुरा सुनेर एक राज्यका सम्राट भएर पनि आफूले कुनै काम गरेको भनी ठोन् यु खुनले आफैलाई ब्यंग्य गरेको भन्ने कुरा थाहा पाए। तर कसरी ठोन् यु खुनको तथाकथित गाउँ खाने कथाको जवाफ दिने? सम्राटले मनमनै विचार गरे।

एकछिन विचार गरेर छि वै वाङले ठो यु खुनलाई भनेः“यो ठूलो चरो उड्दैन तर उड्ने बित्तिकै धेरै माथि आकाशमा पुग्नेछ, चिच्याउँदैन तर एकाएक चिच्च्याएमा चिच्याउने बित्तिकै सबै मानिसहरुलाई स्तब्ध पार्नेछ। पख, हेर्दैगर, यो साँच्चै हो।”

त्यस बेलादेखि सम्राट छि वै वाङले घरमै बसेर गहन विचार गर्दै आफ्नो गल्ती सच्याएर मुलुकका लागि श्रेयदान गर्ने संकल्प गरे। सम्राट छि वै वाङले पहिले नै देशभरिका अधिकारीहरुलाई बोलाएर राज्यको व्यवस्थापन गर्नुका साथै पदअनुरुपको आचरण गर्नेलाई पारितोषिक दिने, भ्रष्टाचार गर्ने र क्षमताहीनहरुलाई सजाय दिने निधो गरे। त्यसपछि उनले सेनालाई सुव्यवस्थित पारी शक्तिशाली पनि बनाए। त्यसैकारण छि राज्यमा माथिल्लो तहदेखि तल्लो तहसम्म एक नयाँ छवि देखा परेको थियो र जताततै राम्रो वातावरणले छाएको थियो। छि राज्यमाथि आक्रमण गर्न आइलाग्ने मुलुकले यो खबर पाएपछि स्तब्ध हुनुका साथै छि राज्यका सम्राट एक ठूलो चरा सरह नै नचिच्याएको भने त्यसै चूप लागेर बस्ने गरेका थिए । तर एकाएक चिच्याउने वित्तिकै मानिसलाई सतब्ध पार्नेछन् ।

यसरी“एकाएकको चिच्याहटबाट मानिसलाई स्तब्ध”भन्ने उखानको उत्पत्ति यो कथाबाट भएको छ। यसको अर्थ होः अलौकिक क्षमता भएको एकजना व्यक्तिले आफ्नो दक्षताको राम्रोसँग प्रयोग गरेको खण्डमा मानिसलाई स्तब्ध पार्नेखालको श्रेयदान गर्नसक्ने निकै सम्भावना हुन्छ भन्ने हो।