सीपीपीसीसी सदस्यसँग सीको संवादले देश र जनताप्रतिको जिम्मेवारी झल्काउने
2021-03-03 19:53:04CRI
Share with:

मार्च ४ तारिख चीनको १३ औँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको चौथो अधिवेशन सुरू हुनेछ। विगत केही वर्षयता हरेक अधिवेशनका क्रममा सीले सदस्यहरूसँग कुराकानी गर्नुभएको थियो। जसबाट पार्टी र मुलुकका शीर्ष नेताले राजनीतिमा सदस्यको भूमिकाको प्रशंसा गर्नुका साथै चिनियाँ विशेषतायुक्त बहु-पार्टी सहयोग र राजनीतिक परामर्शदात्री प्रणालीमा व्यापक सहमति सम्पन्न भएको देखिएको छ।

सन् २०१८का दुई अधिवेशनका क्रममा सी चिनफिङले नयाँ ढाँचाको राजीतिक पार्टी प्रणालीको विषय उठाउनुभएको थियो जसबाट धेरै ध्यानाकर्षण गरिएको थियो। किन नयाँ भनिएको छ? किनभने सो प्रणालीले सबभन्दा बढी जनहितको प्रतिनिधित्व र व्यवहारिकता देखाएको छ तर केही मानिस वा समूहको प्रतिनिधित्व होइन। साथै जसले विभिन्न राजनीतिक दल र स्वतन्त्रलाई एक गरी एउटै लक्ष्य हासिल गर्नसक्छ।

सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकी हो भने १४औँ पञ्च वर्षीय योजनाको कार्यान्वयन र समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने कार्यक्रमको कार्यान्वयन गर्ने प्रारम्भिक वर्ष पनि हो। यसै वर्षको दुई अधिवेशनमा सी चिनफिङले सदस्यहरूसँग के कस्ता विषयबारे चर्चा गर्नुहुनेछ भन्ने सबैको प्रतीक्षा छ।