भित्री मंगोलिया प्रतिनिधिमण्डलको चौथो भेटको अवधिमा सी चिन फिङले के स्पष्ट संकेत छोड्नुभयो?
2021-03-06 16:53:38CRI
Share with:

भित्री मंगोलिया प्रतिनिधिमण्डलको चौथो भेटको अवधिमा सी चिन फिङले के स्पष्ट संकेत छोड्नुभयो?_fororder_信号5

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पाँच तारिख दिउँसो तेहौँ चिनियाँ जन काँग्रेसको चौथो अधिवेशनको भित्री मंगोलिया प्रतिनिधिमण्डलको बैठकमा संलग्न हुनुभएको छ। भित्री मंगोलिया प्रतिनिधिमण्डलको चौथो भेटको अवधिमा महासचिवले आफ्नो भाषणमा स्पष्ट संकेत जारी गर्नुभयो।

गत वर्ष जस्तै, त्यहाँ ५ जना प्रतिनिधि थिए जसले महासचिवसँग कुरा गर्नुभयो। महासचिव सीले एक पटक जोड दिनुभयो कि "भित्री मंगोलियाको पर्यावरणीय स्थिति यस क्षेत्रका सबै जातीय समूहका मानिसहरुको जिवन र विकाससँग मात्र सम्बन्धित छैन, तर उत्तरी चीन, उत्तर-पूर्व चीन, पश्चिम-उत्तर चीन तथा पूरै देशसमेत पर्यावरणीय सुरक्षासँग पनि सम्बन्धित छ। "यस पटक उहाँले भित्री मंगोलियाको पर्यावरणको सुरक्षा गर्न र मातृभूमिको उत्तरमा एक मजबूत पर्यावरणीय सुरक्षा कवच खडा गर्न जोड दिनुभयो।

भित्री मंगोलिया प्रतिनिधिमण्डलको चौथो भेटको अवधिमा सी चिन फिङले के स्पष्ट संकेत छोड्नुभयो?_fororder_信号2

उहाँले जोड दिनुभयो कि देशको नयाँ विकास ढाँचाको निर्माण कार्यमा भित्री मंगोलियाको स्थिति पत्ता लगाउन आफ्नै फाइदा र कमजोरीहरूको गहन विश्लेषण गरी आर्थिक विकासको प्रमुख उद्योगहरू र मुख्य दिशा निर्देशनहरूलाई थप स्पष्ट पार्नुपर्छ।

भित्री मंगोलिया प्रतिनिधिमण्डलमा महासचिव सी चिन फिङले नयाँ विकास अवधारणाको पूर्ण, सटीक र बृहत्तर कार्यान्वयनमा मात्र जोड दिनुभएन तर दुई प्रमुख मुद्दाहरूलाई पनि केन्द्रित गर्नुभयो। पहिलो, राष्ट्रिय एकताको समग्र स्थितिलाई सुदृढ र विकास गर्नुपर्दछ, दोस्रो पार्टीको इतिहासको अध्ययन र शिक्षामा राम्रो काम गर्नुपर्दछ।

भित्री मंगोलिया प्रतिनिधिमण्डलको चौथो भेटको अवधिमा सी चिन फिङले के स्पष्ट संकेत छोड्नुभयो?_fororder_信号1