राष्ट्राध्यक्ष सीद्वारा चिकित्सा र शिक्षाको सार्वजनिक कल्याणमा जोड
2021-03-07 15:52:02CRI
Share with:

अठारौं महाधिवेशनदेखि यता प्रत्येक राष्ट्रिय जन परामर्शदात्री सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले परामर्शदात्री सम्मेलनको सदस्य बैठकमा भाग लिनुहुन्छ। यस मार्च छ तारिख राष्ट्राध्यक्ष सीले १३औं जन परामर्शदात्री सम्मेलनको चौथो बैठकको चिकित्सा तथा औषधी र शैक्षिक क्षेत्र बैठकमा भाग लिनुभएको छ। उहाँले जोड दिनुभएअनुसार चिकित्सा र शिक्षाको सार्वजनिक कल्याण विशेषतालाई कायम राख्दै चीनले जनताको स्वास्थ्यलाई रणनीतिक विकासको प्राथमिकतामा राख्नुपर्छ।

चिनियाँ महिलाको जनसंख्या ६८ करोडभन्दा बढी पुगेको छ भने राष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका सिर्जना गर्दछन्। मार्च ८ तारिख अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस नजिकिँदै गर्दा राष्ट्राध्यक्ष सीले पूर्ण राष्ट्रका विभिन्न जातिका विभिन्न क्षेत्रका महिला,हङकङ、मकाउ विशेष प्रशासनिक क्षेत्र र थाइवान क्षेत्रका महिला、चिनियाँ महिला प्रवासीसमक्ष महिला दिवसको सुन्दर शुभकामना व्यक्त गर्नुभएको छ। नारी अधिकारमा खतरा पुर्‍याउने अपराधमाथि कडा प्रहार गर्दै कानून बमोजिम महिलाको अधिकारको संरक्षण गर्नुपर्नेमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।