तीन वटा “प्राथमिकता”मा चीनको खोपलाई बदमान गर्ने अफवाहको निस्प्रभावी
2021-03-08 19:01:26CRI
Share with:

तीन वटा “प्राथमिकता”मा चीनको खोपलाई बदमान गर्ने अफवाहको निस्प्रभावी_fororder_IMG_3098(20210308-174034).JPG

हाल विश्वमा अनेकौँ किसिमका कोरोना खोपहरू सार्वजनिक भएका छन्। ती खोपहरूले महामारीबिरुद्धमा आशा ल्याएका छन्। तर केही मुलुकहरूको “खोप राष्ट्रवाद” र खोपलाई राजनीतिकरण गर्ने कुराले विश्वको महामारीबिरुद्धको सहयोगलाई अवरोध पुर्‍याउँदैछ।

मार्च ७ तारिख चीनका दुई अधिवेशनको पत्रकार सम्मेलनमा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले चीनको खोप वा विदेशको खोप, जबसम्म सुरक्षित र भरपर्दो हुन्छ तबसम्म खोप राम्रो खोप हो भन्ने क्षमता रहने मुलुकहरूसँग प्रयास गरी खोपलाई “जनताको खोप” बनाउन आह्वान गर्नुभएको छ।  

तीन वटा “प्राथमिकता”मा चीनको खोपलाई बदमान गर्ने अफवाहको निस्प्रभावी_fororder_IMG_3097(20210308-174028).JPG

उहाँको धारणा खोप विश्वको सार्वजनिक उत्पादित-वस्तु बन्ने सम्बन्धमा चीनद्वारा गरिएको प्रतिबद्धतासित समान छ। विश्वले यसबाट एक दायितवपूर्ण मुलुकको प्रयासको अनुभव गर्नसक्छ।

हालसम्म विश्वमा दश करोडभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमित भएको छ। बीस लाख व्यक्तिको मृत्यु भइसकेको छ। खोपको अनुसन्धान तथा विकास विश्वको अग्रस्थानमा रहेको मुलुकका रुपमा चीनको कारवाही महामारीलाई पराजित गर्ने महत्वपूर्ण शक्ति बन्दैछ।

“खोप सार्वजनिक उत्पादित-वस्तुको पहिलो विशेषतालाई पालना गर्नु”, “खोपको अन्तर्राष्ट्रिय सहयोगको पहिलो क्षेत्रमा उभिनु”, “खोपको निष्पक्ष वितरणमा प्राथमिकता” भन्ने कुरा चीनले कोरोना भाइरस खोप क्षेत्रमा गरेको सकारात्मक प्रयास हो।

चीनका थप १७ वटा खोपहरु क्लिनिकल परीक्षणका चरणमा रहेका छन्। ६० वटा मुलुकमा चिनियाँ खोप वितरण गरिसकिएको छ। चीनले ६९ वटा विकासोन्मुख मुलुकलाई निःशुल्क खोपको सहायता दिएको र ४३ वटा मुलुकलाई खोप निर्यात गरेको छ। साथै चीनले विभिन्न मुलुकका शान्ति सुरक्षा व्यक्तिलाई सहयोगस्वरुप खोप उपबल्ध गराएको छ भने ओलम्पिक खेलकुदमा सहभागी हुने खेलाडीहरूलाई खोप उपलब्ध गराएको छ। चीनले व्यावहारिक कारवाहीमार्फत विश्वसमक्ष गरेको बचन-बद्धतालाई व्यवहारमा उतारिरहेको छ।

तीन वटा “प्राथमिकता”मा चीनको खोपलाई बदमान गर्ने अफवाहको निस्प्रभावी_fororder_IMG_3099(20210308-174039).JPG

अमेरिकी सार्वजनिक स्वास्थ्य विशेषज्ञ रे यिपले मूल्यांकन गर्दै अमेरिका र यूरोपले आफ्नै स्वार्थ मात्र हेरिरहेका बेला चीन चमकदार कवच लगाउने शूरवीरजस्तै अगाडि गएको बताउनुभयो। संयुक्त अरब एमिरेट्सबाट आउने ट्विटर प्रयोगकर्ताले धेरै मुलुकहरूले चीनको खोप पर्खैँदैआएका र कुनै पनि व्यक्तिले चीनको खोपको बदमान गर्ने नकारात्मक समाचारको विश्वास नगरेको बताउनुभयो।

मानवतावाद र साझेदारी मित्रता समेटिएको चिनियाँ खोपले विश्वको विभिन्न ठाउँमा पठाउन गति प्रदान गर्दैछ। धेरै मुलुकहरू संलग्न हुने “कोरोना भाइरस खोपको कार्यान्वयन योजना”ले बीस मुलुकलाई दुई करोड कोरोना खोप उपलब्ध गराएको छ। क्षमता रहेका मुलुकहरू उक्त योजनामा संलग्न हुनसक्ने, “जनताको खोप”ले मानवलाई कोरोना भाइरसलाई पराजित गर्न मद्दत दिनसक्ने अपेक्षा गरिएको छ।