टेबल टेनिसका दूतले वसन्त चाडमा विदा लिएको छैन
2021-03-08 09:38:45cri
Share with:

टेबल टेनिसका दूतले वसन्त चाडमा विदा लिएको छैन_fororder_1

चीनको ह पै प्रान्तको हान तान शहरका बासिन्दा यान हुङ च्युन सन् २००२ देखि कतारको राष्ट्रिय टेबल टेनिस टोलीका प्रधान प्रशिक्षक हुनुभएको छ। विगत १९ वर्षयता उहाँले कतारमा बसेर कतारको राष्ट्रिय टेबल टेनिस टोलीलाई खाडी क्षेत्रको शक्तिशाली टोली बनाउनुभएको छ। उहाँले टेबल टेनिसको सीप सिकाउनुका साथै दुई मुलुकका सांस्कृतिक दूत भएर “चीनको राष्ट्रिय खेल” सम्बन्धी संस्कृतिलाई कतारमा प्रचार-प्रसार गर्नुभएको छ।

फेब्रअरी ११ तारिख चीनको वसन्त चाडको पूर्वसन्ध्या थियो। चीनमा परिवारका सम्पूर्ण सदस्यहरु भेला भएर खाना खाँदा कतारको राजधानी दोहामा बेलुकीको समय थियो। दोहाको उत्तरी भागमा रहेको एउटा रंगशालामा यान हुङ च्युनले कतारको राष्ट्रिय टेबल टेनिस टोलीका खेलाडीहरुलाई तालिम दिइरहनुभएको थियो। कतारमा १९ वर्षदेखि बसोबास गर्दैआएका उहाँलाई वसन्त चाड र राष्ट्रिय दिवस लगायत चिनियाँ विदाहरु एउटा विलासिताको वस्तु बनेको छ।