#राष्ट्राध्यक्ष सीका क्षणहरू#राष्ट्राध्यक्ष सी चिनफिङद्बारा छिङहाई प्रतिनिधि मण्डलको भेट
2021-03-08 14:59:07cri
Share with:

हरेक वर्ष चीनका दुई अधिवेशनको अवधिमा जनमतले राष्ट्राध्यक्ष सी चिनफिङ र विभिन्न प्रतिनिधि मण्डलसँगको भेटमा उच्च महत्व दिने गरेको छ। किनकि बाह्य जगतका लागि चिनियाँ सञ्चालनबारे राम्ररी बुझ्न यो सबभन्दा राम्रो उपाय हो।

मार्च ७ तारिख दिउँसो राष्ट्राध्यक्ष सीले तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशन अन्तर्गत छिङहाई प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुनुभएको छ। पाँचवर्षपछि उहाँले पुन:एकपल्ट छिङहाई प्रतिनिधि मण्डलसँग भेट्नुभएको हो। भेटका अवसरमा पर्यावरणीय संरक्षण, गरिबी निवारणको उपलब्धि र जातीय एकता विषयबारे उहाँले पुन:चर्चा गर्नुभएको छ। त्यो उहाँको परिवर्तित नहुने महत्वपूर्ण ख्याल विचार पनि हो।

पर्यावरणीय संरक्षणबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले हरियाली पहाड र स्वच्छ पानीबाट जनता विशेष: भावीपुस्ताका लागि लाभान्वित हुनसक्ने आशा व्यक्त गर्नुभएको छ।

ग्रामीण क्षेत्रको पुनरुत्थानबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले रमणीय, आनन्ददायी र मेलमिलापयुक्त नयाँ गाउँको निर्माण गर्ने आदेश पनि दिनुभएको छ।

जातीय एकताबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले विभिन्न जातिका जनताले हातमा हात मिलाउँदै सुमधुर घरबारको निर्माण गर्दै जाने कुरामा पनि जोड दिनुभएको छ।