#अल्पसंख्यक जाति# सार्वजनिक कल्याणका लागि मन्द गतिको रेलबाट अवनख जातिको सुखमय जीवन मार्गको निर्माण 1
2021-03-09 16:20:09cri
Share with:

 

 

#अल्पसंख्यक जाति# सार्वजनिक कल्याणका लागि मन्द गतिको रेलबाट अवनख जातिको सुखमय जीवन मार्गको निर्माण 1_fororder_33

भित्री मंगोलियाको कन ह शहरलाई चिसो ध्रुव मानिन्छ। यसै कन ह शहरबाट चार किलोमिटर टाढा रहेको आउलुकुया बस्तीमा अवनख जाति पुस्तौंदेखि बस्दैआएका छन्। यो अल्पसंख्यक जातिले मृगपालन गर्दै जीवन बिताउँदैआएका छन्। सन् २००३ देखि पर्यावरणीय आप्रवासनका कारण आउलुकुयामा बस्ने अवनख जातीय मानिसहरूलाई कनह शहरमा सारिएको छ। उनीहरूले पहाडी क्षेत्रमा मृगको पालन गर्दैआएका छन्। सार्वजनिक कल्याणका लागि एउटा मन्द गतिको रेल शहर र पहाडी क्षेत्रबीचको आवतजावत तरिका बनेको छ। उक्त रेलले मृगपालन तथा जातीय परम्परागत संस्कृतिबारे अवनख जातिको भावना र सम्झना बोकेको छ।

अवनख जातीय मृगपालक पुतुङस्याले आउलुकुयाको पहाडी क्षेत्रमा दर्जनौं मृग पालन गर्नुभएको छ। गृष्म ऋतुमा ती मृगहरूलाई आउलुकुयाको पर्यटकीय क्षेत्रमा पठाइन्छ। मृगसम्बन्धी पर्यटकीय कार्यक्रम, मृग दुग्ध-उत्पादन तथा जातीय विशेषतायुक्त सरसामानको विक्रीद्वारा पुतुङस्याको वार्षिक आम्दानी राम्रो छ। जसबाट परिवारको जीवन पनि झन् झन् राम्रो हुँदैआएको छ।

पहिले अवनख जाति शिकारी थिए। पुस्तौंपुस्तादेखि उनीहरू पहाडी क्षेत्रको बनमा बसेर मृगपालन गर्दथे। उनीहरूका आँखामा, मृगपालन जीवन बाँच्ने माध्यम मात्र नभई जातिको सांस्कृतिक परम्परा पनि हो। पुतुङस्याले यसरी भन्नुभयो-

“हामी अवनख जातीय मानिसहरू सधैं पहाडमा बसेर मृगपालन गर्छौं। मृग हामी अवनख जातिका साथी हुनुका साथै परिवार पनि हो।”

सन् २००३ मा स्थानीय पर्यावरणीय आप्रवासन नीतिअनुसार, आउलुकुया बस्तीका पूरै अवनख जातीय मानिसहरूलाई कन ह शहरमा सारिएको थियो। हिउँद ऋतुमा मृगलाई पहाडी बनमा स्वतन्त्र रूपमा राख्ने गरिन्छ। यसै गरी सावाको परिवारले पनि पहाडी क्षेत्रमा दर्जनौं मृग राखेका छन्। मृगपालन तथा हेरचाह गर्नका लागि केही समय सावाको परिवार पनि पहाडमा पाल राखेर बसेका छन्। केही समयपछि सावा रेलद्वारा पहाडमा रहेका आफ्ना परिवारजन्लाई भेट्नुहुन्छ। साथसाथै आफ्ना मृगलाई पनि हेरविचार गर्नुहुनेछ। यसै वसन्त चाडको अवसरमा सावाले विविध दैनिक आवश्यकता र मृगका आहारा लिएर रेल स्टेशनमा रेल पर्खनुभएको छ।

“दिउँसो एक बजेतिर मानक्वीसम्म जाने रेल कन ह रेलस्टेशनमा पुग्ने छ। आफूलाई चाहिने केही नयाँ लुगा किन्नुका साथै भर्खरै पकाइएको रोटी पनि किनेँ। यी सामानहरू लिएर पहाडमा गइ मेरा मृगहरू हेर्छु। त्यसपछि पहाडमा बस्ने परिवारलाई खाद्यन्न पठाउँछु।”