चीनको बजारको सम्भाव्य शक्ति ठूलो भएमा विश्वलाई अझै धेरै अवसर
2021-03-09 20:14:36CRI
Share with:

चीनको बजारको सम्भाव्य शक्ति ठूलो भएमा विश्वलाई अझै धेरै अवसर_fororder_0309ruiping (2).JPG

“दोहोरो संचरण” चीनको आर्थिक विकासको एक तापिलो शब्द हो। गत वर्षको मे महिनायता चीनको सर्वोच्च तहले धेरै पटक स्वदेशी ठूलो संचरणको प्रधानतामा स्वदेशी तथा अन्तर्राष्ट्रिय दोहोरो संचरण एकअर्कालाई बढाउने नयाँ विकास बनौटको सिर्जना गर्न गति प्रदान गर्ने कुरामा जोड दिएको छ। चालु वर्षमा चीनका दुई अधिवेशनमा “दोहोरो संचरण” मा ध्यान दिइएको छ।

चीनको बजारको सम्भाव्य शक्ति ठूलो भएमा विश्वलाई अझै धेरै अवसर_fororder_0309ruiping (1).JPG

लेखाजोखा गर्न पेश गरिएको चीनको सरकारी कार्य प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई फेरि एक पटक महत्व दिइएको छ। यसबाट चीनले स्वदेशी बजारको सम्भाव्य शक्तिको अन्वेषण गर्ने, विश्वका लागि उच्च गुणस्तरको “विश्व बजार” ल्याउने कुरा प्रतिविम्वित भएको छ। यसबाहेक, नयाँ विकास बनौटमा चीनले उत्पादन, वितरण, परिसंचरण, उपभोग परिसंचरण हुनसक्ने गार्हस्थ अर्थतन्त्रको निर्माण गर्ने योजना गरेको छ। यसले अन्तर्राष्ट्रिय लगानी र व्यापारका लागि सुविधा उपलब्ध गराउने र उद्योग-व्यवसायको लागत घटाउने छ।

चीनको शक्तिशाली स्वदेशी बजारको निर्माण र खुलापनको विस्तारबीच एकअर्कालाई बढाएको छ। विगत चालीस वर्षमा चीनले सुधार तथा खुलापनबाट फाइदा प्राप्त गरेको छ। वास्तवमा चीन सरकार र विकास परियोजनामा कहिलेँ पनि “सुधार”को अभाव भएको छैन।