राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जनजीवनमाथि उच्च ध्यान
2021-03-10 17:29:58CRI
Share with:

चौधौँ पञ्चवर्षीय योजनाबाट समाजवादी आधुनिक देशको चौतर्फी निर्माण सुरू हुनेछ। यो विशेष वर्षमा आयोजित दुई अधिवेशनले दुनियाँको ध्यानाकर्षण गराएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चारपटक चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसका अधिवेशनमा सहभागी भएर प्रतिनिधि तथा सदस्यहरूसँग राष्ट्रिय मामिलाबारे छलफल गर्नुभएको छ।

वातावरण जनजीवन हो, हरित पहाड सौन्दर्य र निलो आकाश सुखको प्रतीक हुन्। राष्ट्राध्यक्ष सीले छुट्टा-छुट्टै रूपमा भित्री मंगोलिया र छिङहाई प्रान्तका प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सहभागी हुँदै पर्यावरणीय  प्राथमिकताका महत्वबारे चर्चा गर्नुभएको छ।

भित्री मंगोलिया र छिङहाई दुवै प्रान्त चिनियाँ अल्पसंख्यक जातिले युगौंयुग बसोबास गर्ने क्षेत्र हुन्। विभिन्न जातीय सर्वसाधारणका लागि राम्रो कार्य तथा वास्तविक कार्य गर्नुका साथै कठिनाइको सामना गरेर साझा समृद्धि र एकता अगाडि बढाउँदै हातमा हात मिलाएर सुन्दर घरवासको निर्माण गर्नुपर्ने कुरा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जनताको मन सबैभन्दा ठूलो राजनीति हो। राष्ट्राध्यक्ष सीले भ्रष्टाचारको विरोध र वातावरणमैत्री सरकारको निर्माणमा पनि जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, उच्च गुणस्तरीय विकास आगामी पाँच वर्ष अथवा अझ दीर्घकालीन समयमा चिनियाँ आर्थिक तथा सामाजिक विकासको मुख्य विषयवस्तु हुनेछ।