सी चिन फिङद्वारा सिरियाका राष्ट्रपति बासारलाई सान्त्वना सन्देश
2021-03-10 18:52:16CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च १० तारिख सिरियाका राष्ट्रपति बासार अल अस्सादलाई सन्देश पठाउँदै राष्ट्रपति बासार जोडीलाई कोरोना भाइरस संक्रमण भएकोमा सान्त्वना दिनु भएको छ।

सन्त्वना सन्देशमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति र श्रीमती अस्मा अस्सादलाई कोरोना भाइरस संक्रमण भएको थाहा पाउँदा  आफू र श्रीमती फङ ली युआनले दुःख लागेको भन्दै संवेदना सान्त्वना व्यक्त गर्न र चाँडो पुनःस्वास्थ्यलाभ प्राप्त गर्नका लागि शुभेच्छा व्यक्त गर्नुभएको छ। सीले चीन सरकार र चिनियाँ जनताले सिरिया सरकार र जनतालाई महामारीको प्रतिरोध गर्न समर्थन दिने कुरामा जोड दिनुभएको छ।