टाढैबाट तारो हान्ने कथा-1
2021-03-10 16:26:13cri
Share with:

टाढैबाट तारो हान्ने कथा-1_fororder_01

 

चीनको प्राचीनकालमा, युद्ध राज्य कालमा धेरै स-साना राज्यहरु अस्तित्वमा थिए। ती स-साना राज्यहरुमा केही प्रसिद्ध व्यक्तिहरु देखापरेका थिए। उनीहरु सम्बन्धी धेरै कथाहरु अहिलेसम्म पनि प्रचलित छन।

ती स-साना राज्यहरुमध्ये एक छिन् राज्य थियो र त्यस राज्यमा पाइ छि नामका एकजना जनरल थिए। उनको युद्ध कुशलता उल्लेखनीय थियो भन्ने कुरा उनको नेतृत्वमा भएको लडाइँमा जहिले पनि विजय हासिल गरिएबाट प्रमाणित हुन्छ। त्यसै कारण मानिसहरु पाइ छिलाई“सधैं विजयी हुने जनरल”भन्दथे। एक वर्ष छिन् राज्यका सम्राटले सेनाको निर्देशन गर्दै वै राज्यमाथि हमला गर्न भनी पाइ छिलाई पठाएका थिए। छिन् राज्यले वै राज्यलाई पराजित गरेमा अरु स-साना राज्यहरुमा पनि क्रमबद्ध रुपमा प्रतिकृया जनाउनसक्ने सम्भावना भएकाले धेरै मानिसहरु निकै चिन्तित भएका थिए।

त्यति बेला सु लि नामक एकजना प्राज्ञ थिए। उनी वै राज्यमाथि हमला नगर्न भनी पाइ छिलाई सम्झाउन गएका थिए। सु लिले पाइ छिसित भेट गर्नका लागि विभिन्न उपाय अपनाए। भेटका अवसरमा सु लिले पाइ छिलाई एउटा कथा सुनाएका थिए। त्यो कथा यस प्रकार छः

याङ यौ चि नामका एकजना प्रसिद्ध धनुर्धारी थिए। सानैदेखि उनले धनु खेल्न निकै मेहनत गरेर सय पाइला टाढाबाट बैंसको रुखका पातमा ठ्याकै तारो हान्नसक्ने भएका थिए। त्यसै बेला फान् हु नामक एकजना बहादुर पनि थिए। फान् हु पनि तारो हान्न निकै सिपालु थिए। एक दिन ती दुबैजनाले तारो हान्ने प्रतियोगिताको आयोजना गरेका थिए। त्यस बेला तारो हानेको हेर्न धेरै मानिसहरुको भीड लागेको थियो।

पचास पाइला टाढा प्रतियोगिताका लागि तारो राखिएको थियो। त्यहाँ एक काठे फल्याक अड्याइएको थियो। फल्याकमा एउटा मन आकारको रातो चिन्ह बनाइएको थियो। फान् हुले धनु तानेर लगातार तीन चोटि निशाना लगाए र तीनै पटक निशाना साधे। त्यहाँ रहेका मानिसहरुले ताली बजाएर उनको प्रशंसा गरेका थिए।

याङ यौ चीले चारैतीर नजर घुमाउँदै भनेः“पचास पाइला टाढा रहेको रातो मनको चिन्हमाथि तारो हान्नु धेरै नजीक भयो र, काठे फल्याकमा रातो मनको चिन्ह राखेर यो लक्ष्य ठूलो पनि भयो। हामी एक सय पाइला पर रहेको बैंसको रुखको पातलाई तारो बनाउने प्रतियोगिता गरौं । ”