चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्य पारित
2021-03-11 16:18:06CRI
Share with:

मार्च ११ तारिख दिउँसो तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशन पैचिङमा सम्पन्न भएको छ। चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट चिनियाँ चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्यको रूपरेखाको पारित गरेको छ।

उक्त रूपरेखाले नयाँ विकास विचारलाई कार्यान्वय गर्नुका साथै नयाँ विकास ढाँचाको निर्माणलाई स्पष्ट पारेर उच्च गुणस्तरीय विकास गर्ने चिनियाँ अठोट तथा प्रयास देखाएको छ।