हङकङको प्रजातान्त्रिक व्यवस्थाको विकासलाई महत्त्वपूर्ण प्रत्याभूति
2021-03-12 14:50:28cri
Share with:

हङकङको प्रजातान्त्रिक व्यवस्थाको विकासलाई महत्त्वपूर्ण प्रत्याभूति_fororder_TIM图片20210312144940

चीनको सर्वोच्च आधिकारिक संस्थाले मार्च ११ तारिख अत्यधिक मतद्वारा “हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन व्यवस्थाको सुधार सम्बन्धी निर्णय”लाई पारित गरेको छ। त्यस निर्णयले जनताको इच्छा बमोजिम सशक्त र क्रमश: हङकङको वास्तविक अवस्था अनुकूल प्रजातान्त्रिक व्यवस्थालाई अघि बढाउनुका साथै हङकङबासीलाई प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न अझ व्यापक रुपमा प्रत्याभूति दिनेछ।

 

उक्त निर्णयको विषयबाट हङकङको प्रजातान्त्रिक व्यवस्थालाई अघि बढाउने चीनको केन्द्रीय सरकारको अठोट प्रतिबिम्बित भएको छ। साथै निर्वाचन समितिको व्यवस्थाबाट यो हङकङको निर्वाचन व्यवस्थाको केन्द्र नै हो। उक्त निर्णयले त्यसको संगठन र क्षमता दुवैको समन्वय गरेको छ।

हङकङको प्रजातान्त्रिक व्यवस्थाको विकासलाई महत्त्वपूर्ण प्रत्याभूति_fororder_TIM图片20210312144946

उक्त निर्णयलाई हङकङ समाजका विभिन्न पक्षले स्वागत गरेका छन्। विश्व वृत्तबाट हेर्दा स्वदेश र तत्स्थानको वास्तविक अवस्था बमोजिम निर्वाचन व्यवस्थाको सुधार र समन्वय गर्नु नै विश्व प्रजातान्त्रिक विकासको सामान्य प्रवृत्ति रहेको छ। यस निर्णयमार्फत चीनले स्थानीय प्रजातन्त्रको विकास गर्नुका साथै देशको सार्वभौमिक सुरक्षाको सँरक्षण गर्नका लागि विश्वका अरु देशलाई चिनियाँ ढाँचा तथा उपाय पनि प्रदान गरेको छ।