#आँखीझ्याल#अन्तर्राष्ट्रिय समाजद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा
2021-03-12 16:09:14cri
Share with:

#आँखीझ्याल#अन्तर्राष्ट्रिय समाजद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा_fororder_src=http___www_xinhuanet_com_photo_2018-11_29_1210005286_15434782372331n_jpg&refer=http___www_xinhuanet

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चीनले आठ वर्षसम्मको प्रयास गरेर निर्धारित समयमा नयाँ युगको गरिबी मुक्ति लक्ष्य पूरा गरेको छ। वर्तमान मापदण्डमा ग्रामीण क्षेत्रका गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्। गरिब जिल्लाहरू गरिबीबाट मुक्त भए। करीब दश करोड गरिब जनसंख्या गरिबीबाट मुक्त भए। अन्तर्राष्ट्रिय समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले चीनको गरिबी मुक्तिले स्पष्ट उपलब्धि हासिल गरेको भन्दै अरु मुलुकहरूलाई गरिबी समस्याको समाधान गर्न मद्दत दिनका लागि महत्वपूर्ण विचार उपलब्ध गराएको बताएका छन्।

 

केन्याको एशियाली नीति अध्ययन प्रतिष्ठानका प्रमुख काग्वान्जाले थुप्रैपटक चीनको भ्रमण गर्नु भएको छ। उहाँकाअनुसार, धेरै पटक चीनको भ्रमण गरेकाले चीनबारे जानकारी दिनु उहाँको दायित्व पनि हो। उहाँले चीनको विकासबाट सिक्नसक्ने अनुभवहरू खोजसक्ने आशा लिनु भएको छ। ती अनुभवहरूमध्ये छोटो समयमा चीनको धेरै जनसंख्या गरिबीबाट मुक्त भएको विषयमा उहाँले उच्च ध्यान दिने विषय हो। उहाँ भन्नुहुन्छ

 “चीन सुधार तथा खुलापन नीति लागू भएको करीब चालीस वर्षमा चीनले करीब असी करोड जनसंख्यालाई गरिबीबाट मुक्त हुन सहयोग गरेको, मानवको इतिहासमा गरिबी मुक्ति कीर्तिमानको सिर्जना गरेको र विश्वको गरिबी न्युनीकरण का‍र्यका लागि योगदान दिएको छ। मैले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको किताबमा समेटिएको “गरिबी मुक्ति” लेख धेरै पटक पढेछु। सन् १९७८ यता चीनले सुधार तथा खुलापनमार्फत केही मानिसहरूलाई धनी बनाउन सहयोग गरेको र अरु मानिसहरूलाई गरिबीबाट मुक्त गराएको मैले थाहा पाएको छु। ती अनुभवहरू सिक्ने क्रममा अफ्रिका फलदायक छ।”