स्विजरल्याण्डको चिनियाँ भाषाको स्की प्रशिक्षकद्वारा अरु बढी चिनियाँहरु बरफ र हिउँ खेल आशा
2021-03-15 10:58:43cri
Share with:

स्विजरल्याण्डको चिनियाँ भाषाको स्की प्रशिक्षकद्वारा अरु बढी चिनियाँहरु बरफ र हिउँ खेल आशा_fororder_1

फेब्रअरी ४ तारिख २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आयोजना हुन एक वर्ष बाँकी रहेको थियो। पैचिङ हिउँदे ओलम्पिक खेलकुद नजीकिँदै आएको परिप्रेक्षमा झन् बढी चिनियाँहरुले बरफ र हिउँ खेलमा भाग लिँदै आएका छन्। स्विजरल्याण्डको प्रसिद्ध स्की स्थल भेरबिएरको चिनियाँ भाषाको स्की प्रशिक्षक लि लुङ लुङले दैनिक प्रशिक्षणमा बरफ र हिउँ खेलप्रति चिनियाँहरुको बढ्दो चासोको अनुभव गर्नुका साथै २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको अपेक्षा गरेको बताउनुभएको छ।

लि लुङ लुङले स्की प्रशिक्षकको काम गर्नुभएको सात वर्ष भयो। उहाँको विचारमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आबेदन सफल भएपछि स्की खेल्न विदेश जाने चिनियाँहरुको संख्या बढ्दै आएको छ। उहाँ भन्नुहुन्छ,

मैले सन् २०१३मा स्विजरल्याण्डमा काम गर्न थालें। त्यस बेला स्की खेल्ने ठाउँमा चिनियाँहरु विरलै देखिएको थियो। तथापि चीनले बरफ र हिउँ उद्योगको विकास गरी बरफ र हिउँ खेलको संलग्नता प्रोत्साहन गरेको परिप्रेक्षमा अरु बढी चिनियाँहरुले युरोपमा आएर युरोपको हिउँ पहाडको अनुभव गरेका छन्।

ली लुङ लुङका अनुसार, पहिले अत्यधिक चिनियाँहरुले पर्यटन समूहमा स्की खेल्न अनुभव गरेका थिए, तथापि अहिले चिनियाँहरुले विशेष रुपमा स्की खेल्न आएका छन्, अरु बढी चिनियाँहरुले युरोपको यात्राको अवधिमा अरु बढी समयमा स्की खेल्न खोजेका छन्। यसका साथै स्की खेल्ने चिनियाँहरुको स्तरमा पनि निरन्तर रुपमा प्रगति हुँदै आएको छ। उहाँ भन्नुहुन्छ,

मैले भर्खरै स्विजरल्याण्ड आएको बेलामा प्रायजसो प्रारम्भिक रुपमा स्की खेल्ने व्यक्ति भेटेको थिएँ, उनीहरुले पहिलो पटक स्की खेलेका थिए। तथापि अहिले मैले भेटेका चिनियाँहरुको स्की खेल्ने अनुभव छन् र उनीहरुको स्तर माथि रहेको छ। अरु अग्लो हिउँ पहाडको अनुभव गर्न उनीहरु युरोप आएका छन्।

हाल स्विजरल्याण्डले चीनको स्की खेललाई अरु बढी ध्यानाकर्षण दिंदै आएको छ। स्विजरल्याण्डमा चिनियाँ पर्यटकहरुको संख्या बढ्दै आएको सिलसिलामा स्विजरल्याण्डले स्की सम्बन्धी ठूलो चिनियाँ बजार देखेर चीनको बरफ र हिउँ खेलको प्रचार-प्रसार कार्यक्रममा भाग लिएर चिनियाँहरुलाई सम्बन्धित तालिम दिनसक्ने आशा गरेको छ।

एक वर्षपछि आयोजना हुने पैचिङ हिउँदे ओलम्पिक खेलकुदप्रति ली लुङ लुङले अपेक्षा गर्नुभयो। उहाँका अनुसार, पहिले चिनियाँहरुले टेलिभिजनबाट मात्र बरफ र हिउँ खेलको प्रतियोगिता हेरेका थिए, तथापि सन् २०२२ मा चीनमा विश्वका उत्कृष्ट खेलाडीहरु बीचको प्रतियोगिता हेर्न पाइने छ। उहाँले बरफ र हिउँ खेल अरु बढी चिनियाँहरु बाहिर खेल्ने खेल बन्नसक्ने आशा गर्नुभयो। उहाँ भन्नुहुन्छ,

चीनले सन् २०२२ मा एउटा रोचक र उत्कृष्ट हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्नसक्ने मेरो आशा छ। चिनियाँ खेलाडीहरुले हिउँदे ओलम्पिक खेलकुदमा उत्कृष्ट उपलब्धि हासिल गरी मातृभूमिलाई इज्जत दिलाउन सक्ने अपेक्षा पनि मैले गरेको छु। हिउँदे ओलम्पिक खेलकुदले चीनको बरफ र हिउँ खेलको विकासलाई अघि बढाउनसक्ने, सर्वासधारणले बरफ र हिउँ खेलमा भाग लिनसक्ने, बरफ र हिउँ खेल चिनियाँहरु बाहिर खेल्ने एक किसिमको खेल बन्नसक्ने आशा पनि मैले राखेको छु।