चीनको अर्थतन्त्र किन पुनरुत्थान हुनसक्ने
2021-03-16 19:43:39cri
Share with:

चीनको अर्थतन्त्र किन पुनरुत्थान हुनसक्ने_fororder_rp2

सन् २०२० निकै धेरै कठिनाईलाई मेटाएर भी आकारको पुनरुत्थान भइसकेपछि चीनको अर्थतन्त्रको राम्रो प्रवृत्तिलाई सन् २०२१ मा निरन्तर रुपमा जारी राख्नसकिने कि भन्ने कुरा धेरैको चासोको विषय बनेको छ। चीन सरकारले मार्च १५ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस वर्षका अघिल्ला २ महिना चीनको उत्पादन चाहना लगातार रुपमा बृद्धि भएको, रोजगारी र मालसामालको मूल्य समष्टिगत रुपमा स्थिर रहेको, बजारको जिवन्त शक्तिलाई निरन्तर रुपमा माथि उकासिंदै आएको र अर्थतन्त्र पनि यथावत् रुपमा पुनरुत्थान हुँदै आएको देखिन्छ।

चीनको अर्थतन्त्र किन पुनरुत्थान हुनसक्ने_fororder_rp1

चीनका अतिरिक्त बाह्य वातावरणको सुधार भएकाले चीनको आर्थिक पुनरुत्थानका लागि सकारात्मक शक्ति थपिदिएको छ। नयाँ कोरोना खोपलाई विश्व परिधिमा वितरण र लगाउन थालेको सिलसिलामा मुख्य आर्थिक समुदायको निर्माण व्यवसाय सूची पुनः माथि उठेकोले चीनको निर्यातको वृद्धिमा पनि हौसला थपिएको छ। प्राप्त तथाङ्क अनुसार, जनवरी/फेब्रुअरी महिनामा आशियानतर्फ चीनको निर्यात मात्रा गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतभन्दा बढी पुगेको छ भने अमेरिकातर्फ चीनको निर्यात मात्रा पनि ७० प्रतिशतभन्दा बढी पुगेको छ। के भन्नसकिन्छ भने चीनको अर्थतन्त्र निरन्तर रुपमा पुनरुत्थान हुँदै आएकाले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि जिवन्त शक्ति पनि थपिदिएको छ।

एउटा विशेष कुरा के छ भने चीनको अर्थतन्त्र पुनरुत्थान र वृद्धि हुने प्रक्रियामा सिर्जनशील क्षमता पनि स्थिर रुपमा बढ्दै आएको देखिन्छ। त्यसबाट चीनको अर्थतन्त्रको पुनरुत्थान उच्च गुणस्तरीय विकासको लक्ष्यतिर अघि बढ्दै जाने कुरा प्रतिबिम्बित गरिएको छ।