चार पक्षीय प्रणालीले चीनको प्रतिरोध गर्न नसक्ने
2021-03-16 20:56:39cri
Share with:

अमेरिका, जापान, भारत र अस्ट्रेलिया यी चार मुलुकका नेताहरू हालै सँगसँगै एउटा भिडियो सम्मेलनमा सहभागी भएका छन्। “चार पक्षीय प्रणाली”को निर्माण भएदेखि यता नेतास्तीय सम्मेलनको आयोजना भएको यो पहिलो पटक हो। यो सम्मेलनपछि सार्वजनिक घोषणा पत्रका अनुसार चीनसित सम्बन्धित कुनै विषय नदेखिए तापनि घोषणा पत्रको मुख्य उद्देश्य चीन-विरूद्ध लक्षित देखिन्छ। अमेरिकी राज्य सार्वजनिक रेडियोले सो सम्मेलनबाट अमेरिका र आफ्नो गठबन्धन साझेदारहरूसँग मिलेर चीनको प्रतिरोध गर्न सबल बनाइएको कुरा सुनाएको छ।

उक्त “चार पक्षीय प्रणाली” सन् २०१४ मा स्थापित भएको हो जुन प्रणालीको शुरूवाती उद्देश्य भनेको भारतीय महासागरमा सुनामी आएपछि उद्धार गर्ने थियो। तर केही वर्ष अघि सो प्रणाली बन्द भएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले निकालेको “भारत प्रशान्त रणनीति”भएपछि सो “चार पक्षीय प्रणाली”को पुनरूत्थान भएको हो।

अमेरिकाले प्रसारण गरेको तथाकथित पहुपक्षीयतावादी वास्तविकतामा आफ्नो राजनैतिक साझेदारको समूह देखिन्छ। यसरी नयाँ विभाजन र नयाँ द्वन्द्व उत्पन्न हुने धेरै सम्भावना छ साथै यसबाट क्षेत्रीय शान्ति तथा स्थिरतामा क्षति ल्याउनसक्ने छ। अन्तर्राष्ट्रिय समाजले सो परिस्थितिमा ध्यान दिनुपर्छ।

अन्तर्राष्ट्रिय मामिलाको समाधान सबैले संयुक्तरूपमा छलफल गर्नुपर्छ र विश्वको भविष्य विभिन्न मुलुकले संयुक्तरूपमा निर्माण गर्नुपर्छ भन्ने विषय नै विश्वले खोजेको बहुपक्षीयतावाद हो।