#अल्पसंख्यक जाति# सार्वजनिक कल्याणका लागि मन्द गतिको रेलबाट अवनख जातिको सुखमय जीवन मार्गको निर्माण 2
2021-03-16 10:01:18cri
Share with:

#अल्पसंख्यक जाति# सार्वजनिक कल्याणका लागि मन्द गतिको रेलबाट अवनख जातिको सुखमय जीवन मार्गको निर्माण 2_fororder_44

भित्री मंगोलियाको कन ह शहरबाट चार किलोमिटर टाढा रहेको आउलुकुया बस्तीमा अवनख जाति पुस्तौंदेखि बस्दैआएका छन्। यो अल्पसंख्यक जातिले मृगपालन गर्दै जीवन बिताउँदैआएका छन्।

सन् २००३ मा स्थानीय पर्यावरणीय आप्रवासन नीतिअनुसार, आउलुकुया बस्तीका पूरै अवनख जातीय मानिसहरूलाई कन ह शहरमा सारिएको थियो। हिउँद ऋतुमा मृगलाई पहाडी बनमा स्वतन्त्र रूपमा राख्ने गरिन्छ। यसै गरी सावाको परिवारले पनि पहाडी क्षेत्रमा दर्जनौं मृग राखेका छन्। मृगपालन तथा हेरचाह गर्नका लागि केही समय सावाको परिवार पनि पहाडमा पाल राखेर बसेका छन्। केही समयपछि सावा रेलद्वारा पहाडमा रहेका आफ्ना परिवारजन्लाई भेट्नुहुन्छ। साथसाथै आफ्ना मृगलाई पनि हेरविचार गर्नुहुनेछ। यसै वसन्त चाडको अवसरमा सावाले विविध दैनिक आवश्यकता र मृगका आहारा लिएर रेल स्टेशनमा रेल पर्खनुभएको छ।