चिनियाँ राष्ट्राध्यक्षद्वारा गुयानाका राष्ट्रपतिसँग भेटवार्ता
2021-03-17 16:13:11cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख राती गुयानाका राष्ट्रपति आलिसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार चीन र गुयानाबीच ढाटा भएता पनि लामो मित्रता रहेको छ। आपसी दोत्य सम्बन्ध स्थापना भएदेखि यता यी दुबै मुलुकले विभिन्न क्षेत्रका सहयोगमा धेरै उपलब्धि पाएका छन्। विकासोम्मुख मुलुकको रुपमा चीन र युगानाले धेरै अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्यामा समान अडान लिएका छन्। यी दुबै मुलुकले संयुक्त राष्ट्र संघ,जलवायु परिवर्तन आदि समस्यामा सहयोगलाई मजबुत बनाउनसक्छन्।

राष्ट्रपति आलिले नयाँ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चीनद्वारा प्रदान गरिएको सहायताप्रति ज्ञापन व्यक्त गर्नुभएको छ। उहाँका अनुसार गुयानाले चीनसँग बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्दै पूर्वाधार प्रबन्ध आदि क्षेत्रको निमार्णलाई प्रवर्द्धन गर्ने आशा रहेको छ।