चिनियाँ राष्ट्राध्यक्ष र ट्रिनिडाड र टोबागोका प्रधानमन्त्रीसँग टेलिफोन वार्तामा
2021-03-17 16:11:44cri
Share with:

 चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १६ तारिख राति ट्रिनिडाड र टोबागोका प्रधानमन्त्री लोलिसँग टेलिफोन लाइन राख्दै वार्ता गर्नुभएको छ। सीका अनुसार ट्रिनिडाड र टोबागो क्यारिबियन क्षेत्रमा चीनको महत्वपूर्ण सहयोगात्मक साझेदारी हो। नयाँ कोरोना भाइरस फैलिएदेखि यता यी दुबै मुलुकले आपसमा सहयोग गराएको देखिन्छ। विशेष गरी ट्रिनिडाड र टोबागो क्यारिबियन क्षेत्रमा चीनलाई महामारी रोकथाम सम्बन्धी सामग्री प्रदान गरेको पहिलो मुलुक हो। चीनले पनि धेरै माध्यममार्फत ट्रिनिडाड र टोबागोलाई महामारी रोकथाम सामग्री तथा प्रविधि प्रदान गरेको छ। चीनले ट्रिनिडाड र टोबागोसँग विभिन्न परम्परागत क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै आपसी चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई उकास्ने आशा गरेको छ।

प्रधानमन्त्री लोलीले चिनियाँ कम्युनिष्ट पार्टिको एक सयौं वार्षिकत्सवको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँहरुले अर्थतन्त्रबैज्ञानिक प्रविधिगरिबी निवारण आदि क्षेत्रमा उल्लेखनीय उपलब्धि सिर्जना गरेको छ।ट्रिनिडाड र टोबागोले एक चीनको नीतिलाई द्दढ समर्थन दिँदै चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्दै जाने आशा गरेको छ।