चीन र अमेरिकाबीचको वार्तामा विश्वको ध्यान
2021-03-20 20:44:10cri
Share with:

चीन र अमेरिकाबीचको वार्तामा विश्वको ध्यान_fororder_rp1

मार्च १९ तारिख दुई दिने चीन-अमेरिका उच्च रणनैतिक वार्ता अमेरिकाको एनकोरेज शहरमा सम्पन्न भयो। जोसेफ बाइडेन अमेरिकी राष्ट्रपतिमा आसीन भए यता चीन र अमेरिकाका उच्च अधिकारीहरूबीच भेट-वार्ता भएको यो पहिलो पटक हो। सो वार्तामा चीन र अमेरिकाले आ-आफ्नो आन्तरिक तथा बाहिरी राजनीति, दुवै देशबीचको सम्बन्ध र संयुक्तरूपमा ध्यान दिएका अन्तर्राष्ट्रिय मामिलाबारे वास्तविक तथा गहन रूपमा वैचारिक आदान-प्रदान गरेका छन्। सो वार्तामार्फत यी दुवै मुलुकले पारस्परिक साझेदारीलाई घनिष्ट बनाउनुका साथै दुवै पक्षले केही मामिलामा महत्वपूर्ण मतभेद पनि थाती राखेका छन्।