चिनियाँ राष्ट्राध्यक्ष र उत्तर कोरियाका श्रम पार्टीका महासचिवबीच मौखिक सन्देश आदानप्रदान
2021-03-22 20:09:26cri
Share with:

महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका बिदेश विभागका मन्त्री सुङ थाउले यस मार्च २२ तारिख पैचिङ्गमा चीनका लागि उत्तर कोरियाली राजदूत ली लुङ नानसँग भेटवार्ता गर्नुभएको छ। राजदूत लीले उत्तर कोरियाको श्रम पार्टीका महासचिव किम जोङ उनले महासचिव सी चिनफिङलाई दिनु भएको मौखिक सन्देश दिनुभएको छ। सो मौखिक सन्देशले महासचिव सीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँहरुले महामारीको सफल प्रतिरोध गर्नुका साथै सम्पन्न समाजको चौतर्फी निर्माण र गरिबी निवारण युद्धमा उल्लेखनीय उपलब्धि पाएको कुरालाई उच्च मूल्याङ्कन गरेको छ। उत्तर कोरिया र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध युगको माग र जनताको इच्छाबमोजिम उकासिने विश्वास रहेको छ।

सीपीसी विदेश विभागका मन्त्री सुङले राष्ट्राध्यक्ष सी चिनफिङको मौखिक सन्देश पनि राजदूत लीलाई सुनाउनु भएको छ। नयाँ परिस्थितिमा चीनले उत्तर कोरियासँग आपसी सम्बन्धको राम्ररी विकास गर्दै समाजवाद कार्यको प्रवर्द्धनका लागि नयाँ उपलब्धि सिर्जना गर्दै जाने आशा सीले गर्नुभएको छ।