चीन-कुवेत दौत्य सम्बन्ध स्थापनाको ५० औँ वार्षिक्त्सवमा सीद्वारा कुवेतका अमिरलाई बधाइ तथा शुभकामना सन्देश
2021-03-22 16:46:28cri
Share with:

मार्च २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कुवेतका अमिर नावाफलाई दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा बधाइ तथा शुभकामना सन्देश पठाउनुभएको छ।

सी चिनफिङले आफ्नो सन्देशमा दुई देशबीच रणनीतिक सम्बन्ध स्थापना भएयता राजनीतिक आपसी विश्वास दिनदिनै गहिरो भएसँगै विभिन्न क्षेत्रका सहयोगको उपलब्धि प्रशस्त भएको भन्दै आपसी केन्द्रीय हित र महत्वपूर्ण विषयमा पारस्परिक बुझाइ र समर्थन रहेको विचार व्यक्त गर्नुभएको छ। चीनले कुवेतसँग वेल्ट एन्ड रोडको प्रारूपमा विभिन्न क्षेत्रका सहयोगलाई गहन पारी दुई देश र दुई देशका जनतालाई फाइदा पुग्ने गरी काम गर्ने इच्छा लिएको पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।

नावाफले पठाउनु भएको सन्देशमा कुवेत र चीनबीचको सम्बन्ध दृढ हुनुका साथै अरू विकास र गहिरो हुँदैआएको भन्दै द्विपक्षीय सम्बन्धलाई अरू बढाएर विभिन्न क्षेत्रका सहयोगलाई विस्तृत गर्ने अपेक्षा आफू्ले लिएको उल्लेख गर्नु भएको छ।

चीनका प्रधानमन्त्री ली ख छ्याङले कुवेतका प्रधानमन्त्री साबाहसँग पनि आपसी बधाइ तथा शुभकामनाका सन्देश आदानप्रदान गर्नु भएको छ।