तान्जानियाका राष्ट्रपतिको निधनप्रति चिनियाँ राष्ट्राध्यक्षद्वारा श्रद्धाञ्जली व्यक्त
2021-03-23 19:35:42cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २३ तारिख तान्जानियाका राष्ट्रपति जोन पोम्बे जोसेफ मागुफुलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नव नियुक्त राष्ट्रपति सामिया सुलुहु साहनलाई समवेदना सन्देश पठाउनु भएको छ। उक्त सन्देशमा राष्ट्राध्यक्ष सीले तान्जानियाको सरकार र जनताप्रति सदिच्छापूर्ण समवेदना व्यक्त गर्नुभएको छ। चीनले तान्जानियासँग आपसी मित्रतालाई निकै जोड दिँदै आपसी चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्दै जाने आशा गरेको पनि उहाँले आफ्नो सन्देशमा व्यक्त गर्नु भएको छ।