लाओसका नव नियुक्त राष्ट्रपतिलाई राष्ट्राध्यक्ष सीद्वारा बधाई
2021-03-23 19:36:46cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले लाओसको जन क्रान्ति पार्टीको केन्द्रीय समितिका महासचिव थोङलुआन सिसोलिथ लाओसका राष्ट्रपतिमा नियुक्त हुनु भएकोमा बधाई दिनु भएको छ। राष्ट्राध्यक्ष सीले आफ्नो बधाई सन्देशमा भन्नु भएको छः वर्तमान विश्वका सामु ऐतिहासिक ठूलो परिवर्तन देखिएको छ। चीन र लाओसबीचको सम्बन्ध महत्वपूर्ण अवधिमा रहेको छ। चीनले लाओससँगको सम्बन्धको विकासलाई जोड दिँदै लाओससँग संयुक्त भाग्य समुदायको निर्माण गर्ने आशा गरेको छ।