फुच्यान प्रान्तको निरीक्षणमा सीद्वारा सर्वसाधारणसँग कुराकानी
2021-03-24 16:46:38cri
Share with:

फु च्यान प्रान्तमा राष्ट्राध्यक्ष सी चिनफिङको निरीक्षण कार्यक्रम जारी रहेको छ। मार्च २३ तारिख उहाँले सान मिङ शहरको शा जिल्ला अस्पताल, युपाङ गाउँ र शा जिल्लाको ग्रामीण सम्पत्ति अधिकार विनिमय केन्द्रको निरीक्षण गर्नुभएको छ।

२३ तारिख विहान सी चिनफिङले सान मिङ शहरको शा जिल्ला अस्पतालको भ्रमण गर्दा चौधौँ पञ्च वर्षीय विकास योजना अवधिमा चिकित्सा तथा स्वास्थ्य प्रणालीको सुधारलाई गहन पारी जनताको स्वास्थ्यलाई भरपर्दो संरक्षण प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो।

शा जिल्लाको खाजा अहिले विश्वमा ६२ वटा मुलुक र क्षेत्रमा लोकप्रिय भएको छ जसबाट ३ लाख जनालाई धनी बनाइएको छ। शा जिल्ला खाजाबाट नामी भएको युपाङ गाउँको भ्रमण गर्दा सी चिनफिङले शा जिल्ला खाजाले अरू विकास र सुधार गरी अझ राम्रो बनाउनुपर्ने बताउनुभयो।

सान मिङ शहर सामुहिक वन अधिकार प्रणाली सुधारको उद्गमस्थल पनि हो। सी चिनफिङले शा जिल्ला ग्रामीण सम्पत्ति अधिकार विनिमय केन्द्रको निरीक्षण गर्दा सर्वसाधारणको नवीन सिर्जना भावना नै चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशन विचार रहेको बताउनुभयो।