नवीकरणबाट योगदान गर्नु निकै महत्वपूर्णः सी चिनफिङ
2021-03-25 15:45:35CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले मार्च २४ तारिख फु च्येन प्रान्तीय फुचौ शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। उहाँले च्याउ ये पद मार्ग, तीन लेन्स र सात गल्ली भन्ने ऐतिहासिक तथा साँस्कृतिक सडक, फु च्येन फु क्वाङ कम्पनी लिमिटेडको निरीक्षण गर्दै शहरी योजनाको निर्माण, ऐतिहासिक तथा साँस्कृतिक सडकको संरक्षण, उद्योग-व्यवसायको नवप्रवर्तनको विकास अवस्थाबारे जानकारी लिनुभएको छ।

सोही दिन दिउँसो फुशान पार्कमा सीले कसरत गरिरहेका स्थानीयहरूसँग कुराकानी गर्दै आफूले फुचौमा काम गरेको अनुभवको सिंहावलोकन गर्नुभयो।

फुच्येन प्रान्तमा काम गर्दा सीले स्थानीय पर्यावरणीय संरक्षणमा महत्व दिइरहनुभएको थियो। फुच्येन प्रान्तभरि वनले ढाकिएको दर ६६.८ प्रतिशत पुगेर ४२ वर्षसम्म चीनमा प्रथम स्थानमा रहन सफल छ।

उद्योग-व्यवसायको नवप्रवर्तन पनि सी चिनफिङले ध्यान दिइरहनुभएको विषय हो। फुचौको निरीक्षण गर्दा उहाँले विशेष गरी फु क्वाङ कम्पनी लिमिटेडको निरीक्षण गर्नुभयो। १७ वर्षको इतिहास बोकेको यस कम्पनीले नवीकरणमा महत्व दिँदै अप्टिकल लेन्सको निर्यात मात्रालाई चीनकै प्रथम स्थानमा पुर्याएको छ भने विश्वको तेस्रो स्थानमा रहेको छ। निरीक्षण गर्दै सीले भन्नुभयो, ‘जो सँग पनि यदि क्षमता छ देशले पूर्ण समर्थन दिइनेछ, नवीकरणमा महत्व दिँदै देशका लागि योगदान गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो।’

सोही दिन फुचौ ऐतिहासिक तथा साँस्कृतिक सडकमा उहाँले पुरातात्विक वस्तुको संरक्षण र जीर्णोद्धारमा जोड दिँदै ती पुरातात्विक वस्तुहरूलाई नयाँ पुस्ताका हातमा पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो।