तान्जानियाका राष्ट्रपतिलाई राष्ट्राध्यक्ष सीद्वारा बधाई सन्देश
2021-03-26 09:27:50CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २५ तारिख तान्जानियाका नव राष्ट्रपति सामीला सुलुहु हासेनलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले पुष्टि गर्दै उल्लेख गर्नुभएको छ, ‘चीन-तान्जानिया सम्बन्धको विकासमा उच्च महत्व दिइरहेको छु।’ राष्ट्रपति हासेनसँगै मिलेर आपसी हितयुक्त साझा जीत हुने चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धमा निरन्तर प्रगति हासिल गर्नुका साथै दुई देशका जनताको लागि हित-कल्याण सिर्जना गर्दै जाने इच्छा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।