राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बङ्गलादेशका राष्ट्रपति हामिदलाई स्वतन्त्रता दिवसको अवसरमा बधाई सन्देश
2021-03-26 11:07:52CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २६ तारिख बङ्गलादेशका राष्ट्रपति अब्दुल्ला हामिदलाई बङ्गलादेश स्वतन्त्र भएको पचासौँ‌ वार्षिकोत्सवको अवसरमा बधाई व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा विगत पचास वर्षयता बङ्गलादेशको आर्थिक तथा सामाजिक विकासले स्पष्ट उपलब्धि हासिल गर्नुका साथै विश्वको गरिबी मुक्ति कार्यका लागि महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीकाअनुसार, चीन र बङ्गलादेश परम्परागत मैत्रीपूर्ण असल छिमेकी हुनुका साथै हालैका वर्षहरूमा दुई मुलुकको “बेल्ट एण्ड रोड” सहयोग निरन्तर रुपमा अगाडि बढाइएको छ।

राष्ट्राध्यक्ष सीले चीन र बङ्गलादेशबीचको सम्बन्धको विकासमा उच्च महत्व दिनुका साथै राष्ट्रपति हामिदसँग मिलेर विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई सबल पार्ने र नयाँ उपलब्धि हासिल गर्न दुई मुलुकको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध अगाडि बढ्ने पनि आशा व्यक्त गर्नुभयो।