#आँखीझ्याल# चीनको क्वाङ सीमा जर्मनीका विद्यार्थीको शिक्षा सहायता जीवन
2021-03-26 14:31:48cri
Share with:

#आँखीझ्याल# चीनको क्वाङ सीमा जर्मनीका विद्यार्थीको शिक्षा सहायता जीवन_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_57c41607-6015-4b08-b0c7-3d9e3b2281e0

जर्मनीको एक विश्वविद्यालयमा तेस्रो वर्षका विद्यार्थी खुङ हाउ हाल नवोदित बजारको व्यवस्थापन विषयको अध्ययन गर्दैछन्। खुङ हाउले सन् २०१३ सेप्टेम्बर महिनामा माध्यमिक विद्यालयको अध्ययनको क्रममा चिनियाँ भाषा सिक्न आरम्भ गरेका थिए। उनको माध्यमिक विद्यालय ब्रुगेइमनासिम एस्सेन माध्यमिक विद्यालय जर्मनीको उत्तर राइन वेस्टफेलिया राज्यमा सबैभन्दा पहिले चिनियाँ भाषा प्रशिक्षण कक्षा खोल्ने ध्यमिक विद्यालय हो। यो माध्यमिक विद्यालयले सन् १९९४ खि चिनियाँ भाषाको प्रशिक्षण थालेको थियो। विद्यार्थीलाई चीनको भ्रमण गर्न संगठित गर्नुका साथै यो माध्यमिक विद्यालयले सात वर्षअघि चिनियाँ भाषाको गायन दलको स्थापना समेत यो। यो गायन दललाई चीन र जर्मनीका महत्वपूर्ण कूटनीतिक कार्यक्रममा सहभागीका लागि निमन्त्रण गरिएको छ। खुङ हाउ उक्त गायन दलका सदस्यहरूमध्येको एक हुन्। उनले सन् २०१४ मा जर्मनीमा र सन् २०१६ मा चीनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआनसँग भेट्ने मौका पाएका थिए। खुङ हाउ भन्छन् “शिक्षा सहायता दिन क्वाङ सी जाने निर्णय गरेको कारण सन् २०१४ मा म प्राध्यापक फङसँग भेट्दा उहाँले हामीसँग कुराकानी गर्दै उहाँको चिनियाँ सपना सबै बालबालिका र खास गरी पिछडिएका क्षेत्रका बालिकालाई पढ्ने मौका पाउनु हो भन्नुभएको थियो। सन् २०१६ मा उच्च माध्यमिक विद्यालयबाट स्नातक भएपछि मैले शिक्षा सहायता दिन चीनको ग्रामीण क्षेत्रको विद्यालय जाने अन्तर्राष्ट्रिय स्वयंसेवकसेविका परियोजना खोजेको थिएँ। स्थानीय शिक्षकशिक्षिका थोरै छन्। मैले अंग्रेजी भाषाको प्रशिक्षण जिम्मा लिएको थिएँ। चिनियाँ सपनाका लागि अलि अलि सानो योगदान दिएको मेरो महसूस छ।”