राष्ट्राध्यक्ष सी चिन फिङ र क्यामरूनका राष्ट्रपतिबीच दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान
2021-03-26 11:12:16CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च २६ तारिख क्यामरूनका राष्ट्रपति पोल बियासँग दुई मुलुक बीच दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा एक अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीयता चीन र क्यामरूनबीचको परम्परागत मित्रता बलियो हुनुका साथै हालका वर्षहरूमा दुई मुलुकको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकास प्रवृत्ति सशक्त बन्दैगएको र राजनीतिक पारस्परिक विश्वास क्रमशःसबल भएको र प्रशस्त व्यवहारिक सहयोग उपलब्धि भएको उल्लेख गर्नुभएको छ।

क्यामरूनका राष्ट्रपति बियाले बधाई सन्देशमा चीनले दक्षिण दक्षिण सहयोगमा महत्व दिएको तथा अफ्रिकी मुलुकको विकासलाई साकार तुल्याउन समर्थन दिएको र दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको उपलक्ष्यमा क्यामरून र चीनबीचको सहयोग अझै घनिष्ठ र भविष्य अझै उज्यालो हुने शुभकामना व्यक्त गर्नुभयो।