चीन र क्युबाका नेताबीच पत्र आदानप्रदान
2021-03-28 17:21:46cri
Share with:

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले क्युबाली कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव राउल कास्ट्रो र क्युबाका राष्ट्राध्यक्ष डियाज क्यानेललाई जवाफी पत्र पठाउनुभएको छ। उहाँका अनुसार चीन र क्युबा असल मित्र हुन्। केही वर्षयता चीन र क्युबाबीचको मित्रता दिन प्रतिदिन गहन हुँदै गएको छ। महामारीको रोकथाम तथा नियन्त्रणमा दुबै मुलुकले हातमा हात मिलाएर आपसी सहयोग गरेका छन्। चीनले क्युबाको समाजवाद बाटोलाई द्दढ समर्थन गर्दै आपसी सम्बन्धलाई उकास्दै जाने छ।

क्युबाली कम्युनिष्ट पार्टीका प्रथम सचिव राउल कास्ट्रो र राष्ट्राध्यक्ष डियाज क्यानेलले चिनियाँ राष्ट्राध्यक्ष सीलाई पत्र पठाउँदै गरिबी निवारणमा चीनले चौतर्फी विजय पाएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। उहाँहरुका अनुसार क्युबाले चीनसँगको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई मजबुत बनाउँदै जाने आशा रहेको छ।