चीन र बुरून्डीका राष्ट्रनायकबीच टेलिफोन वार्ता
2021-03-30 16:48:04cri
Share with:

मार्च २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुरून्डीका राष्ट्रपति एभारिस्त दायीशीमियसँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले चीनले बुरून्डीसँग अझ उच्चस्तरीय हितयुक्त सहयोग तथा साझा विकासलाई साकार तुल्याउने इच्छा लिएको बताउनुभयो। बुरून्डीको आर्थिक सामाजिक विकासको समर्थन गर्दै चीनले आपसी कृषि सहयोगलाई अझ उपलब्धिमूलक पार्ने अपेक्षा लिएको पनि  राष्ट्राध्यक्ष सीले जनाउनुभयो। साथै चीनले बुरून्डीसँगै चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा हासिल उपलब्धिको कार्यान्वयन गर्दै मञ्चको अर्को सम्मेलन सफल पार्न योगदान दिँदै जाने आशा पनि लिएको छ।

टेलिफोनमा बुरून्डीका राष्ट्रपति दायीशीमियले बुरून्डी-चीन सहयोगबाट बुरून्डीका जनताको लागि वास्तविक लाभ ल्याइदिएको भन्दै दुवै मुलुक सधैँ घनिष्ट मित्र र दाजुभाइ रहिरहने बताउनुभयो।