चीनका राष्ट्राध्यक्ष र श्रीलंकाली राष्ट्रपति बीच टेलिफोन बार्ता
2021-03-30 16:48:50cri
Share with:

मार्च २९ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीलंकाली राष्ट्रपति गोतभाया राजापाक्षबीच टेलिफोन बार्ता भएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले चीन-श्रीलंका सम्बन्धमा उच्च महत्व दिँदै चीनले श्रीलंकासँगै आपसी रणनीतिक दिशाको योजनामा पारस्परिक सम्बन्धलाई स्थिर रूपमा अघि बढाउँदै जाने अपेक्षा गरेको औँल्याउनुभयो। महामारीको प्रतिरोधमा श्रीलंकालाई सकेसम्मको सहयोग दिँदै चीनले महामारी नियन्त्रित अवस्थामा श्रीलंकासँगै वायुसेवा, शिक्षा क्षेत्रमा हुने सहयोगलाई क्रमशः अगाडि बढाउने इच्छा लिएको पनि सीले व्यक्त गर्नुभयो। चीनले कोलोम्बो बन्दरगाह शहर, हानपानटोटा बन्दरगाह लगायतका परियोजनाहरूलाई अघि बढाउँदै महामारीपश्चात् श्रीलंकाको आर्थिक पुनरूत्थान र दिगो विकासमा बलियो शक्ति थप्दै जाने इच्छा पनि लिएको राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

टेलिफोनमा श्रीलंकाका राष्ट्रपति राजापाक्षले चीनको आर्थिक विकास तथा महामारीको प्रतिरोधमा महान उपलब्धि हासिल गरेकोमा उच्च सराहना गर्नुभएको छ। चीनसँगै घनिष्ट सहयोग गर्दै साझा हितको संरक्षण गर्दै जाने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ। पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा चीनसँगको सहयोगलाई विस्तार गर्दै इच्छा पनि उहाँले प्रकट गर्नुभएको छ।