हङकङ सम्बन्धि २ वटा राष्ट्राध्यक्ष आदेशमा सीको हस्ताक्षर
2021-03-30 16:52:28cri
Share with:

मार्च ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नम्बर ७५ र नम्बर ७६ राष्ट्राध्यक्ष आदेशमा सही गर्नुभएको छ।

नम्बर ७५ राष्ट्राध्यक्ष आदेशमा यसरी उल्लेख गरिएको छ, ‘जनगणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐनको एक नम्बर संलग्न—हङकङ विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासकको उत्पन्न पद्धति’ लाई सन् २०२१को मार्च ३० तारिख आयोजित जनगणतन्त्र चीनको तेह्रौं चिनियाँ जन काँग्रेस स्थायी समितिको २७ औं सम्मेलनबाट पारित भएको छ। संशोधित सो पद्धतिलाई सार्वजनिक गरेर सन् २०२१को मार्च ३१ तारिखदेखि लागू हुनेछ।

नम्बर ७६ राष्ट्राध्यक्ष आदेशमा यसरी उल्लेख गरिएको छ, ‘जनगणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐनको दुई नम्बर संलग्न—हङकङ विशेष प्रशासनिक क्षेत्रको विधान परिषद गठन गर्ने तरिका र मतदान प्रक्रिया’लाई सन् २०२१को मार्च ३० तारिख आयोजित जनगणतन्त्र चीनको तेह्रौं चिनियाँ जन काँग्रेस स्थायी समितिको २७ औं सम्मेलनबाट पारित भएको छ। संशोधित सो विषयलाई सार्वजनिक गरेर सन् २०२१को मार्च ३१ तारिखदेखि लागू गरिनेछ।