चीनअमेरिकासम्बन्ध डब्लुएचओबाट सार्वजनिक कोरोना भाइरसको श्रोतसम्बन्धी अध्ययन प्रतिवेदनले अफवाह फैलाउनेमाथि झापड
2021-03-31 21:02:34cri
Share with:

चीनअमेरिकासम्बन्ध डब्लुएचओबाट सार्वजनिक कोरोना भाइरसको श्रोतसम्बन्धी अध्ययन प्रतिवेदनले अफवाह फैलाउनेमाथि झापड_fororder_1617192510381_601_576x322

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मार्च ३० तारिख कोरोना भाइरसको श्रोत सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसअघि वुहानको पत्रकार सम्मेलनमा संयुक्त विशेषज्ञ टोलीबाट सार्वजनिक निश्कर्षको पुष्टि उक्त प्रतिवेदनले गरेको छ। प्रयोगशालाबाट मानवजातिसम्म सर्ने सम्भावना भने अत्यन्तै असम्भव रहेको व्यक्त गरिएको छ। यो निश्कर्षले “वुहान प्रयोगशालाबाट भाइरस निस्केको” भन्दै अफ्वाह फैलाउने अमेरिकी तथा पश्चिमी राजनीतिज्ञहरूमाथि झापड लगाएको छ।

भाइरसको श्रोत खोज्नु वैज्ञानिक गतिविधि हो र समय चाहिन्छ। यो निराधार दोषी कुनै अनुमानका आधारमा लगाउन मिल्दैन। केही चीनविरोधी पश्चिमी राजनीतिज्ञ तथा सञ्चार माध्यमले प्रतिवेदन सार्वजनिक नहुँदै डब्लुएचओमाथि दवाव दिएका थिए। प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले अतिअल्पसंख्यक देशसँग गठित तथाकथित संयुक्त वक्तव्य प्रकाशित गरेर डब्लुएचओको उक्त प्रतिवेदनमाथि शंका गरेको थियो।

चीनअमेरिकासम्बन्ध डब्लुएचओबाट सार्वजनिक कोरोना भाइरसको श्रोतसम्बन्धी अध्ययन प्रतिवेदनले अफवाह फैलाउनेमाथि झापड_fororder_1617192535740_993_605x404

भाइरसको श्रोत खोज्न चीनले महामारीको कडा रोकथाम तथा नियन्त्रण गर्नुका साथै दुईपटक डब्लुएचओका विशेषज्ञलाई बोलाएको छ। यो खुला, स्पष्ट र जिम्मेवारीबोध हो। सन् २०२१ जनवरी १४ देखि फेब्रअरी १० तारिखसम्म चिनियाँ विशेषज्ञ र १७ जना विदेशी विशेषज्ञबाट गठित संयुक्त विशेषज्ञ टोलीले वुहान भाइरस अनुसन्धन केन्द्रलगायत ९ संस्थाको भ्रमण गर्नुका साथै चिकित्सक, अनुसन्धानकर्ता, बिरामी भएर निको भएकाहरू, मृतक चिकित्सकका परिवार, सामान्य सर्वसाधारणहरूसँग गोष्ठी गरेको थियो। संयुक्त विशेषज्ञ टोली विभिन्न विशेषज्ञले चीनको खुला स्तर र वुहानको भ्रमणमाथि उच्च मूल्याङ्कन गरेका छन्।

भाइरसको श्रोत खोज्नु विश्वव्यापी कार्यभार हो। वुहानमाथि मात्र ध्यान दिनुहुँदैन। प्रारम्भमा विश्वका विभिन्न क्षेत्रमा नयाँ कोरोना भाइरसबाट संक्रमित रोगी थिए। भाइरसको श्रोत खोज्ने कार्य विभिन्न देश र क्षेत्रमा गर्नुपर्छ।

अरू सम्बन्धित देशले चीनजस्तै खुला, स्पष्ट तथा जिम्मेवारीबोध गरेर डब्लुएचओको विशेषज्ञ टोली बोलाउने प्रतिक्षा रहेको छ। विशेष गरी महामारी सबैभन्दा गम्भीर भएको अमेरिकाले विश्वव्यापी भाइरसको श्रोत खोज्ने कार्यलाई समन्वय दिने आशा गरिएको छ। महामारीलाई राजनीतिकरण गरेर भाइरसलाई जित्न सकिँदैन। विज्ञानको सम्मान र एकता तथा सहयोगले मात्रै कठिनाइबाट सर्वसाधारणलाई उद्धार गर्न सकिन्छ।