छिङमिङ पर्वमा राष्ट्राध्यक्ष सीसँग शहीदहरूको सम्झना
2021-04-02 19:03:39cri
Share with:

छिङमिङ पर्वमा राष्ट्राध्यक्ष सीसँग शहीदहरूको सम्झना_fororder_习习1 1

छिङमिङ पर्व चिनियाँहरूले स्वर्गीय पूर्वजहरुको सम्मानमा तिनीहरुका समाधिहरुमा पूजा-आजा गर्ने पर्व हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता महासचिव सी चिनफिङले विभिन्न क्षेत्रमा स्वर्गीय शहीदहरूको याद तथा सम्झना गर्ने गर्नुभएको छ।

सन् २०१६ चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको ९५औं वार्षिकोत्सव समारोहमा सी चिनफिङले यसरी भन्नुभएको थियो- शत्रुले हाम्रो टाउको मात्रै काट्नसक्छन् तर हाम्रो विश्वास काट्न सक्दैनन्। यी वचनवद्धताले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यको दृढ आदर्श देखाएका छन्। हामीले स्वर्गीय शहीदको अन्तिम चाहना याद गर्नुपर्छ र उहाँहरूको महान् आदर्श बिर्सनु हुँदैन।

छिङमिङ पर्वमा राष्ट्राध्यक्ष सीसँग शहीदहरूको सम्झना_fororder_习习1 6

सन् २०१९ जन गणतन्त्र चीन स्थापना भएको ७०औं वार्षिकोत्सव हो। यो वर्ष मे २० तारिख सी चिनफिङले च्याङ सी प्रान्तको भ्रमण गर्दा लामो मार्चको प्रस्थान क्षेत्र यु तुको निरीक्षण गर्नुभएको थियो। सो अवसरमा उहाँले क्रान्तिमा ज्यान दिएका स्वर्गीय शहीदलाई नबिर्सने र प्राचीन क्रान्तिकारी आधार क्षेत्रका सर्वसाधारणलाई नबिर्सने कुरा धेरै पटक दोहोर्याउनुभयो।

छिङमिङ पर्वमा राष्ट्राध्यक्ष सीसँग शहीदहरूको सम्झना_fororder_习习1 7

त्यसपछिको अगष्टमा कान सु प्रान्तको भ्रमणमा सी चिनफिङले चिनियाँ मजदुर र किसान लालसेनाको पश्चिमी फौजको स्मारक र चिहान तथा स्मारक संग्रहालयको भ्रमण गर्नुभयो। सोही वर्ष सेप्टेम्बर १२ तारिख उहाँले पैचिङको स्याङ शान पहाडस्थित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको स्मारक संग्रहालयको भ्रमण गरेपछि चार दिन मात्रै ह नान प्रान्तीय सिन जिल्लास्थित शहीद चिहानको पनि भ्रमण गर्नुभएको थियो।