चीनबाट सिन्च्याङको शासन नीति प्रभावकारी र आवश्यक
2021-04-02 21:00:23cri
Share with:

चीनबाट सिन्च्याङको शासन नीति प्रभावकारी र आवश्यक_fororder_0402锐评1

अप्रिल २ तारिख चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनले बनाएको  “नदेखिएको युद्ध- चिनियाँ सिन्च्याङमा आतंकवादविरोधी चुनौती” विषयक वृत्तचित्र प्रसारण भएको छ। यो सीजीटीएनबाट बनाइएको यस विषयसम्बन्धी चौथो वृत्तचित्र हो। उक्त वृत्तचित्रबाट ठोस भ्रमण तथा अनुसन्धानद्वारा आतंकवादी संगठन पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (ईटीआईएम) ले चरम धार्मिक विचारमार्फत् केही अल्पसंख्यक जातीय सर्वसाधारणलाई पृथक र अराजक पार्न उक्साउने षडयन्त्र गर्ने गरेको देखाइएको छ।

केही वर्षयता पश्चिमा केही चीनविरोधी शक्तिले सिन्च्याङ मामिला प्रचार गरेका छन्। ठूलो मात्रा बन्दी, जबरजस्ती श्रम, धार्मिक दवाब, सांस्कृतिक विचलन आदि उनीहरूले एकपछि अर्को अफ्वाहहरू फैलाएका छन्। जसले चीनका विभिन्न जातिबीचको विरोधी भावना उक्साएर सिन्च्याङलाई अराजक पारेर चीनको विकास अवरूद्ध गर्न खोजेको छ।

वास्तवमा सिन्च्याङसम्बन्धी मामिला मानव अधिकार, जातीय, धार्मिक मामिला होइन, आतंकवाद विरोधी र पृथकता विरोधी मामिला हो।  

अपूर्ण तथ्याङ्कका अनुसार, सन् १९९०देखि २०१६सम्म सिन्च्याङमा हजारौं हिंसात्मक आतंकवादी मुद्दा र घटना थिए। जसबाट धेरै निर्दोषी सर्वसाधारणको हताहती तथा ठूलो सामाजिक क्षति भएको थियो। ईटीआईएमको प्रतिनिधित्वमा रहेको चरम धार्मिक शक्ति, जातीय पृथकता शक्ति र हिंसात्मक आतंकवादी शक्ति ती घटनापछाडि कालो हात हुन्।

चीनबाट सिन्च्याङको शासन नीति प्रभावकारी र आवश्यक_fororder_0402锐评2

दिमाग भुटिएका सिन्च्याङवासीलाई सहयोग गर्न चीन सरकारले आतंकवादको विरोध गर्ने र चरमपन्थ हटाउने कार्य गरेर प्रतिरक्षात्मक रूपमा आतंकवादको विरोधलाई प्रथम स्थानमा राखेको छ। त्यसमध्ये व्यावसायिक कौशल शिक्षा र प्रशिक्षण केन्द्रको स्थापना एउटा महत्वपूर्ण कदम हो। त्यहाँ धेरै जनताले शिक्षा तथा तालिम पार्नुका साथै गलत विचार हटाएर नयाँ जीवनमा फर्केका छन्। पश्चिमा मुलुकले पनि उस्तै तरिकाको प्रयोग गरेका छन्। यो अन्तर्राष्ट्रिय नियम अनुकूल छ।

यी कदमबाट विगत चार वर्षमा सिन्च्याङमा कुनै हिंसात्मक आतंकवादी घटना छैन। सिन्च्याङको सामाजिक तथा आर्थिक विकास निरन्तर राम्रो हुँदैआएर चीनका अरू क्षेत्रसँगसँगै निरपेक्ष गरिबी उन्मूलन गरेको छ।

केही दिनअघि आयोजित राष्ट्र संघीय मानव अधिकार परिषदको ४६औं बैठकमा धेरै देशहरूले चीनको सिन्च्याङ नीतिलाई दृढताका साथ समर्थन गर्नुका साथै पश्चिमा मुलुकको झूटको खण्डन गरेका थिए। हाल सिन्च्याङको भ्रमणमा रहनुभएका चीनस्थित इरानी राजदूत मोहम्मद केशाभारजादेहले सामाजिक सञ्जालमा हेरेको तथा सुनेको विषय बाँडेर सिन्च्याङको स्थिरता, सुन्दरता र समृद्धि बाह्य क्षेत्रलाई सुनाउनुभएको छ।

वर्तमान पश्चिमा चीनविरोधी शक्तिको समर्थनमा ईटीआईएम लगायत शक्तिले फेरि तयारी गर्दैछन्। त्यसैले सिन्च्याङमा आतंकवादविरोधी र चरमपन्थ हटाउने कार्य पनि निरन्तर छ।