युवा कार्टुन चलचित्र निर्माता हान ल
2021-04-03 21:09:48cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी सदस्य २६ वर्षीय हान लले सन् २०१७मा विश्वविद्यालयबाट स्नातक भएपछि चिनियाँ कार्टुन चलचित्रको उत्साह लिएर एक चलचित्र कम्पनीमा संलग्न हुनु भयो। उहाँ कार्यरत् कार्टुन चलचित्र कम्पनीले धेरै चर्चित चिनियाँ कार्टुन चलचित्र निर्माण गरेको छ।

उहाँका अनुसार, एक चलचित्र बनाउन तयारीदेखि पूर्ण उत्पादनसम्म लगभग चार वर्ष लाग्छ। लामो समय र कठिन परिश्रम भए पनि सबैले राम्रोसँग बनाउने आशा लिएको उहाँ बताउनु हुन्छ।

हान ल संलग्न भएको कार्यदलको औसत उमेर ३० वर्षभन्दा कम छ। उहाँहरू चिनियाँ कार्टुन चलचित्र उद्योगको थालनी अवधिको अनुभवमा हुनुहुन्थ्यो। त्यसैले आफ्नो प्रयासमार्फत चिनियाँ कार्टुन चलचित्रलाई बलियो बनाउने उहाँहरूलगायत युवा कार्टुन चलचित्र निर्माताहरूको सपना बनेको छ।