सी चिनफिङको सम्झनामा लालसेनाका डिभिजनल कमाण्डर
2021-04-03 16:56:02cri
Share with:

सी चिनफिङको सम्झनामा लालसेनाका डिभिजनल कमाण्डर_fororder_习习4 1

सन् १९३४ अक्टोबरदेखि १९३६ अक्टोबरसम्म चिनियाँ कम्युनिष्ट पार्टीले लालसेनाको नेतृत्व गरेर धेरै कठिन विजयको लङ-मार्च पूरा गरेको थियो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले लङ मार्चमा लालसेनाको कथा धेरै पटक सुनाउनुभयो। सो अवसरमा छन शुस्याङको नाम धेरैपटक चर्चा गरिएको छ।

सन् १९३४ नोभेम्बरमा करिब ८० हजार जना सैनिकहरू हु नान प्रान्तमा प्रवेश गरेका थिए। कोमिन पार्टीले चार लाख फौज पठाएर लालसेनालाई घेरेर विनाश गर्न खोजेको थियो। युद्धमा ८० हजार केन्द्रिय लालसेना ३० हजारसम्ममा घटेका थिए।[

सी चिनफिङको सम्झनामा लालसेनाका डिभिजनल कमाण्डर_fororder_习习4 2

२९ वर्षीय डिभिजनल कमाण्डर छन शुस्याङले फौजको नेतृत्व गरेर मुख्य सेनाको सफलताका साथ सुरक्षा गरेका थिए। तर युद्धमा लगभग पूरै ६ हजार सैनिकहरूको मृत्यु भयो। डिभिजनल कमाण्डर छन शुस्याङको पेटमा गोली लागेर पक्राउ गरिएका थिए। उनले पेटको घाउ काटेर आत्महत्या गरेका थिए।

छन शुस्याङको जीवन २९ वर्षको उमेरमा रोकियो। तर उनले आदर्शका साथ बलिदानी दिन नडराएको भावना हालसम्म फैलिएको छ।