#आँखीझ्याल# ग्रामीण सम्पदा होटेलद्वारा परम्परागत गाउँमा जीवन्त शक्ति थपिएको
2021-04-09 14:47:58cri
Share with:

#आँखीझ्याल# ग्रामीण सम्पदा होटेलद्वारा परम्परागत गाउँमा जीवन्त शक्ति थपिएको_fororder___172.100.100.3_temp_9500041_1_9500041_1_1_53b81794-406f-421a-a0de-ea79d7adb343

चीनका केही पुराना गाउँहरूमा केही ग्रामीण होटेलहरूले सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै ग्रामीण क्षेत्रको आधारभूत प्रबन्धको निर्माण तथा बस्ने वातावरणमा सुधार र ग्रामीण क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउनुका साथै परम्परागत गाउँका लागि जीवन्त शक्ति थपेका छन्।

चीनको च्याङ सी प्रान्तीय ऊ युआन जिल्लाको हुङ क्वान गाउँको “पानीको किनार” नामक होमस्टेलाई दोस्रो खेपको ग्रामीण सम्पदा होटेलको नमूना परियोजनाको नामावलीमा छनौट गरिएको छ। सन् २०१७ मा तीस वटाभन्दा बढी मुलुक घुमिसकेकी आन्तरिक डिजाइनर यु व्है फाङले हुङ क्वान गाउँमा एक होमस्टेको निर्माण गर्ने योजना गरेकी थिइन्। एक हजार वर्षको लामो इतिहास बोकेको हुङ क्वान गाउँमा साठी वटा मिङ र छिङ वंशका आबासहरू छन्। एक पटकको यात्रामा हुङ क्वान गाउँको संस्कृति र दृश्यले यु व्है फाङलाई आकर्षित गरेको थियो। उनले आफ्नो डिजाइन कार्यको अनुभवलाई होमस्टेमा प्रयोग गर्ने आशा लिइन्।

यु व्है फाङले आफ्नो डिजाइन टोलीसँग हुङ क्वान गाउँमा दुई वर्षसम्म डिजाइन र निर्माण गरेकी थिइन्। होमस्टेको संचालनमा यु व्है फाङको आफ्नो विचार छ। उनको “पानीको किनार” नामक होमस्टेमा क्याफे, युवा होस्टल, पुरानो घर छन्। पुरानो गाउँमा फेशनबेल जीवन तरीका थपिएको छ। यु व्है फाङकाअनुसार, ऊ युआन जिल्ला घुमेका पर्यटकहरूलाई थाहा छ, हालको ऊ युआन जिल्ला पहिलेभन्दा फरक छ। ऊ युआन जिल्लाको हुङ क्वान गाउँ एक काँठ क्षेत्र हो। त्यहाँबाट द्रुत गतिको रेल स्टेशनसम्म पुग्न एक घण्टाको यात्रा गर्नुपर्छ। धेरै पर्यटकहरूले “पानीको किनार” नामक होमस्टेमा फरक ऊ युआनको अनुभव गरेका छन्। उनका धेरै पाहुनाहरू त्यहाँ दुई वा तीन पटक आइसकेका छन्। केही पाहुना त एक वर्षमै छ पटक गइ बसेका छन्।