परम्परागत तीन तारे वाद्यवादक वाङ यु
2021-04-13 15:47:12CRI
Share with:

परम्परागत तीन तारे वाद्यवादक वाङ यु_fororder___172.100.100.3_temp_9500051_1_9500051_1_1_6123d3e1-cbdb-485c-8bd8-8843a6ecd528

३३ वर्षिय वाङ यु पैचिङबासी हुन्। परिवारको प्रभावमा ११ वर्षको उमेरदेखि नै उनले परम्परागत तीन तारे बाजा सानस्यान बजाउन थालेका थिए। हाल, उनी चिनियाँ ब्रोडकास्टिङ जातिय बाजा समूहका तीन तारे युवा वाद्यवादक भएका छन्।

३ तारे बाजा अर्थात् सानस्यान २००० वर्षको इतिहास बोकेको परम्परागत चिनियाँ बाजा हो र चिनियाँ परम्परागत ओपेरामा प्रयोग गरिने मुख्य बाजाहरूमध्येको एक हो।

यस्तो प्राचीन बाजालाई युगसँगै अघि बढाउन वाङ युले बाजाको सुधार गर्दै सन् २०१८ मा पहिलो इलेक्ट्रोनिक सानस्यान बनाउन सफल भएका थिए। डिजिटल प्रविधिको प्रयोगपछि विविधतासँगै सानस्यानको धुन अझ बढी प्रभावकारी भएको देखिन्छ।

वाङ युको संसारमा ३ तारे बाजा सानस्यानबाट बजाइएको सङ्गीत मात्र होइन इतिहाससँग नजिकिँदै जीवन्त शक्ति देखाइने चिनियाँ संस्कृति पनि हो।