अमेरिका र पश्चिमाले चिनियाँ सिन्च्याङ स्वायत्त प्रदेशमा जातीय सँस्कृति हटाउन खोजेको भन्दै अफ्वाह फैलाएका छन्। सत्य होला त? अवश्य नै होइन। वास्तवमा दीर्घकालमा चीन सरकारले सिन्च्याङको धर्म तथा सँस्कृतिको सुरक्षामाथि महत्व दिंदैआएको छ। पुस्तक सँस्कृतिको महत्वपूर्ण संवाहक हो। आजको अल्पसंख्यक जाति कार्यक्रममा सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय अल्पसंख्यक जातीय धार्मिक पुराना पुस्तकको सुरक्षाबारे जानकारी दिन चाहन्छु।
सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय अल्पसंख्यक जातीय पुराना पुस्तकको संकलन तथा प्रकाशन योजनासम्बन्धी नेतृत्व टोलीको कार्यालयका प्रमुख आपुलाइटी. एशाले अन्तर्वार्ता दिँदै यसरी भन्नुभयो-
“सिन्च्याङले धार्मिक पुस्तकको सुरक्षा, गणना, उद्धार, संकलन तथा मिलाउनु, अनुवाद, प्रकाशन र अनुसन्धान आदि कार्यमाथि ज्यादै महत्व दिएको छ।”
उहाँबाट प्राप्त जानकारीअनुसार, धार्मिक पुराना पुस्तकको सुरक्षा, संकलन तथा प्रकाशन, प्रचार गर्नका लागि सन् १९८३ सेप्टेम्बरमा स्वायत्त प्रदेशले अल्पसंख्यक जातीय पुराना पुस्तकको संकलन तथा प्रकाशन योजनासम्बन्धी नेतृत्व टोलीको स्थापना गर्नुका साथै स्वायत्त प्रदेश जातीय मामिला समिति कार्यालयको स्थापना गरेको छ।
उहाँले यसरी चर्चा गर्नुभयो-