छाङ आनमा चामल माग्ने तुङ फाङ शो सम्बन्धी कथा-2
2021-04-14 09:36:42cri
Share with:

छाङ आनमा चामल माग्ने तुङ फाङ शो सम्बन्धी कथा-2_fororder_01

सम्राटले तुङ फाङ शोलाई बोलाएर सोधेः किन झुठो कुरा बताएर अरुलाई छकाइदिएको? तुङ फाङ शोले भनेः“मलाई अवश्य नै मृत्यु दण्ड दिइने सम्भावना छ, म प्रत्यक्ष रुपमा भन्छु। ती पुड्केहरुको कद एक मिटर पनि नपुगेको तर खानाका लागि एक महिनामा उनीहरुलाई एक बोरा चामल र दुइ सय मुद्राको बेन्सन दिने गरिएको छ। म लगभग दुइ मिटर अग्लो छु र एक महिनामा मेरो बेन्सन पनि एक बोरा चामल र दुइ सय मुद्रा छ। यसरी ती पुड्केहरुले एकदमै टन्न खानपाएका छन तर म भने भोकमरीमा परेको छु। यो उचित होइन। सम्राटको विचारमा मेरो कुरा ठीक छ भने यो निधोलाई सच्याउनुहोस्।

सम्राटले तुङ फाङ शोको कुरा सुनेर खित्का छोडेर हाँसे। तर तुङ फाङ शोको उद्देश्य पूरा भयो। त्यस बेलादेखि सम्राटले तुङ फाङ शोलाई आफ्नो अंगरक्षक बनाए। यो नै“छाङ आनमा चामल माग्ने”कथा हो।