पश्चिमा मुलुकद्वारा चीनमाथि “जनमत नियन्त्रणवाद” लगाउने
2021-04-15 16:53:41cri
Share with:

अमेरिकालगायत पश्चिमा मुलुकमा उपनिवेशवादको भूत #चीनअमेरिकासम्बन्ध

धेरै वर्षयता पश्चिमा मुलुकले जनमतको नियन्त्रण गरी चीनमाथि हिलो छ्यापिरहेको छ। तर कोभिड-१९ महामारीको अवस्थामा चीनले शक्तिशाली रूपमा सामना गरेको तथा पश्चिमा मुलुकहरू महामारीबाट डामाडोल भएको स्पष्ट तुलना देखाइएको छ। चीनको वास्तविक अवस्था अझ बढी विदेशी जनताले थाहा पाएको सिलसिलामा पश्चिमा मुलुकको जनमत प्रभुत्ववाद पनि कम प्रभावकारी भएको छ। जनमत प्रभुत्ववादको संरक्षण गर्न पश्चिमा मुलुकले फेरि संरक्षणवाद लगाउन चाहेका छन्——यस पटक उनीहरूले व्यापारमा संरक्षणवाद लगाउने होइन, जनमतलाई नियन्त्रण गर्ने छ। यस उद्देश्य पूरा गर्न तल उल्लेखित तीन तरिकाबाट चीनको अन्तर्राष्ट्रिय प्रभावलाई कमजोर बनाइने छ।

पहिलो, चिनियाँ टेलिभिजन स्टेशनमाथि प्रतिबन्ध लगाइएको छ। सन् २०१९ मा अमेरिकाले निहुँ खोजेर अमेरिकामा रहेका चिनियाँ पत्रकारलाई निष्कासित गरेको थियो। यस पछि बेलायत, अस्ट्रेलियाले चाइना ग्लोबल टेलिभिजन नेटवर्कको संचालन लाइसेन्स रद्द गरेका थिए।

अमेरिकालगायत पश्चिमा मुलुकमा उपनिवेशवादको भूत #चीनअमेरिकासम्बन्ध

दोस्रो, चीन र विदेशी सञ्चारमाध्यमको सामान्य सहयोगलाई विथोलिएको छ। भुक्तान गरिएको पेजमा रिपोर्ट प्रकाशित गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबीचको सामान्य र वैध सहयोग हो। तर अमेरिकी “न्युयोर्क टाइम्स”“वाशिङटन पोष्ट” बेलायती “दैनिक टेलिग्राफ”तथा अस्ट्रेलियाको“सिड्नी मोर्निंग हेराल्ड”आदि पश्चिमा सञ्चारमाध्यमले तथाकथित राजनैतिक प्रचार अस्वीकार गर्ने निहुँबाट चीनले भुक्तान गरेको पेजमा समेत समाचार प्रकाशित गर्ने अस्वीकार गरेका थिए।

तेस्रो, वेबसाइटमा पनि चीनलाई सीमित पारिएको छ। केही वर्षयता, चिनियाँ सरकार, विदेशमा रहेका चिनियाँ संस्था, सञ्चारमाध्यम तथा चिनियाँ नेटिजनले विदेशी नयाँ सञ्चारमाध्यममार्फत् विश्वलाई एउटा वास्तविक चीनको जानकारी दिँदै आएका छन्। तर यी पश्चिमा मुलुकले नयाँ सञ्चारमाध्यम चौतारोमाथि दबाव दिएर सर्वसाधारण चिनियाँ तथा चिनियाँ संस्थालाई सरकारी लेबर टाँसेर आफ्नो इच्छा अनुसार ती चिनियाँहरूको सामाजिक खाता तथा पेजहरू बन्द गरेका थिए।

जनमत नियन्त्रणवादको सारतत्व समाचार स्वतन्त्रताको झण्डा झुण्ड्याएर राजनैतिक दबाव सिर्जना गर्नु हो। १ अर्ब ४० करोड जनसंख्या रहेको चीन विश्वको दोस्रो ठूलो आर्थिक समुह हुनुका साथै अन्तर्राष्ट्रिय रूपमा प्रभावकारी विशाल मुलुक पनि हो। साथै चीन अन्तर्राष्ट्रिय जनमतको मुख्य उत्पादन स्थान पनि हो। विविध सञ्चारमाध्यममार्फत विश्वले वास्तविक चिनियाँ आवाज अवश्य नै सुन्ने छ।