चिनियाँ वैदेशिक व्यापारको राम्रो सुरूवात#चीनकोविकास
2021-04-15 16:30:24cri
Share with:

चिनियाँ वैदेशिक व्यापारको राम्रो सुरूवात#चीनकोविकास_fororder_src=http___www.chinaluxi.com_ftp_20200421_20200421193&refer=http___www.chinaluxi

अप्रिल १३ तारिख चीन सरकारले पहिलो त्रैमासिक चीनको व्यापारिक तथ्याङ्क निकालेअनुसार, सामानको व्यापारिक आयात-निर्यात कूल मात्रा गत वर्षको सोही अवधिको तुलनामा २९.२ प्रतिशत बढेको छ भने तीमध्ये निर्यातको वृद्धि दर ३८.७ प्रतिशत र आयात वृद्धि दर १९.३ प्रतिशत पुगेको छ। यसरी नै पहिलो त्रैमासिकमा चीनको वैदेशिक व्यापारिक स्थितिले गत वर्षको चौथो त्रैमासिकमा देखिएको  वृद्धि प्रवृत्ति कायम राखेर सन् २०२१को राम्रो सुरूवात देखाएको छ।

चीनको भन्सार प्राधिकरणले अप्रिल १३ तारिख निकालेको सन् २०२१को प्रथम त्रैमासिकमा चीनको वैदेशिक व्यापारिक आयात-निर्यात तथ्याङ्कका अनुसार, आशियान, युरोपेली लीग, अमेरिका र जापान चीनका प्रथम चार वटा व्यापारिक साझेदार बनेका छन् भने आयात-निर्यात कूल मात्राको हिसाबले छुट्टाछुट्टै गरी १२ खर्ब ४० अर्ब युआन, ११ खर्ब ९० अर्ब युआन, १० खर्ब ८० अर्ब युआन, ५ खर्ब ६१ अर्ब ४२ करोड युआन पुगेको छ भने वृद्धिदर क्रमशः २६.१ प्रतिशत, ३६.४ प्रतिशत, ६१.३ प्रतिशत, २०.८ प्रतिशत पुगेको छ।

यसबाहेक चीनले बेल्ट एन्ड रोड वरिपरि मुलुक र क्षेत्रीय व्यापक आर्थिक साझेदारी सन्धिका सदस्यप्रति गरेको निर्यात वृद्धि दर छुट्टा छुट्टै गरी २१.४ प्रतिशत र २२.९ प्रतिशत पुगेको छ।

गत वर्षको तेस्रो त्रैमासिकदेखि चीनको वैदेशिक व्यापारिक मात्रा लगातार तीन त्रैमासिकसम्ममा गत वर्षको सोही अवधिको तुलनामा सकारात्मक वृद्धि भएको छ। सरकारी विश्लेषणका अनुसार, भविष्यका केही समयमा उक्त वृद्धि प्रवृत्ति कायम रहने संभावना छ तर ठोस प्रवृत्ति अझै हेर्नुपर्छ।

यस वर्षको पहिलो त्रैमासिकमा, चीनको आरसीईपीका बाँकी १४ सदस्य राष्ट्रहरूको कुल आयात र निर्यात २६ खर्ब ७० अर्ब थियो, जुन गत वर्षको तुलनामा २२.९ प्रतिशतले वृद्धि भएको छ। यसले चीनको कुल विदेश आयात र निर्यातको कूल रकमको ३१.५ प्रतिशत ओगटेको छ।

सन् २०२०को नोभेम्बर १५ तारिख आसियानका १० देशहरू, चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्यूजिल्याण्डले औपचारिक रूपमा आरसीईपी सम्झौतामा हस्ताक्षर गरेका थिए।

निर्यातको हिसाबले कोभिड-१९ विरूद्ध खोप लगाउनेको संख्या विस्तृत भएसँगै विश्व आर्थिक पुनरूत्थानको सक्रिय प्रवृत्ति देखिएको छ। विश्व व्यापार संगठनले हाल विश्व सामान व्यापारिक मात्राको वृद्धि अपेक्षा ७.२ प्रतिशतबाट ८ प्रतिशतसम्म बढाएको छ। बाह्य चाहनाको सुधार भएबाट चीनको निर्यात तीव्र बढाइएको छ।

आयातको हिसाबले चीनको उद्योग उत्पादन, लगानी, उपभोगको निरन्तर पुनरूत्थानले आयातको पुनरूत्थानलाई बढाएको छ। अझै महत्वपूर्ण कुरा के हो भने चीनले महामारी नियन्त्रण र आर्थिक विकासको प्रभावकारी रूपमा समन्वय गरी वैदेशिक व्यापारको स्थिर विकासलाई बलियो समर्थन दिएको छ।