चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा जर्मनी र फ्रान्सका नेतासँग भिडियो वार्ता
2021-04-16 20:03:14cri
Share with:

अप्रिल १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङबाट फ्रान्स र जर्मनीका नेतासँग भिडियो शिखर सम्मेलनको आयोजना गर्नुभएको छ। सो अवसरमा सीले चीनले कार्बन उत्सर्जनको वचनलाई पक्कै पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन विषयबारेका सहयोगलाई बढाउने उल्लेख गर्नुभयो।

जलवायु परिवर्तनको सामना गर्ने सारा मानवजातिको साझा कार्य हो भन्दै सीले भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ होइन भन्नुभयो। उहाँले चीनले वैदेशिक खुलापनलाई अरू बढाउनुका साथै युरोपले चीनसँग हरित, डिजिटल लगायत विभिन्न क्षेत्रका सहयोगलाई बढाउनसक्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

फ्रान्सका राष्ट्रपति इम्मानुअल माक्रोनले फ्रान्सले चीनसँग फ्रान्स-चीन र युरोप-चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्ने इच्छा लिएको प्रकट गर्नुभयो।

जर्मनीका प्रधानमन्त्री एन्गेला मर्केलले जर्मनी , फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो।