चीनको आर्थिक वृद्धि विश्वको अग्रस्थानमा
2021-04-17 16:40:00cri
Share with:

४८० वर्ष भन्दा लामो ईतिहासकालीन मस्जिद #चीनकोसिन्च्याङ

१६ तारिख चीन सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यसै वर्षको पहिलो त्रैमासिकमा चीनको जीडीपी २४९ खर्ब ३१ अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १८.३ प्रतिशत बढेको छ।

गत वर्षको सोही अवधिमा वृद्धि दर घटेबाट हाल चीनको आर्थिक बलियो विकास भएर विश्वका प्रमुख आर्थिक समूहको अग्रस्थानमा बसेको छ।

चीनको आर्थिक पुनरूत्थानबाट विश्वलाई के ल्याइनेछ? अन्तर्राष्ट्रिय मुद्रा कोषका महा-प्रबन्धक क्रिस्तलिना गोर्गीभाले चीनको आर्थिक पुनरूत्थानले व्यापारिक च्यानल र कच्चा सामग्री, उपभोग वस्तु, उत्पादित वस्तुबारे चीनको चाहनामार्फत विश्वका अरू क्षेत्रलाई सक्रिय प्रभाव पारिरहेको व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै वर्ष चीनको आर्थिक वृद्धि दरलाई ८.१ प्रतिशतदेखि ८.४ प्रतिशतसम्म बढाएको छ।

४८० वर्ष भन्दा लामो ईतिहासकालीन मस्जिद #चीनकोसिन्च्याङ

अवश्य पनि महामारी फैलिरहेको र जटिल तथा परिवर्तित अन्तर्राष्ट्रिय वातावरणको हुनाले चीनको आर्थिक विकाससमक्ष अझै दबाव देखिन्छ। तर विश्वको दोस्रो ठूलो आर्थिक समूहको रूपमा रहेको चीनको लगातार आर्थिक पुनरूत्थानको आशा गर्न सकिन्छ साथै विश्वको आर्थिक पुनरूत्थानलाई अरू सक्रिय शक्ति प्रदान गर्नेछ।